राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) ले बागलुङ २ मा प्रचार प्रसारका कार्यक्रमलाई तिव्रता ।

फागुन ८ गते बुर्तिबाङ
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) ले बागलुङ २ मा प्रचार प्रसारका कार्यक्रमलाई तिव्रता दिएको छ ।
पार्टीका उमेदवार सोम शर्मा सहित नेता कार्यकर्ता द्धारा ६ वटै पालिकाको सबै वडामा पहिलो चरणमा मतदाता भेटघाट कार्यक्रम गरीएको क्षेत्रीय सभापती दीपक घर्तीले बताउनु भयो ।

मतदाता भेटघाट कार्यक्रमलाई प्राथमिकता दिएको पार्टीले मतदाता संग भेटघाट र पार्टीको रणनिती लगाएतका विषयमा जानकारी दिँदै आफुलाई मतदान गरी विजयी गराउन अपिल गरीएको उमेदवार सोम शर्माले बताउनु भयो ।
यहाँको भुगोल अधिकांस स्थानमा पुगिसकेको बताउँदै विकट भनिएपनी धेरै विकट नभई यहाँ पर्याप्त सम्भावना रहेको उमेदवार शर्माको भनाई छ ।

कृषि, पर्यटन, ढोरपाटन क्षेत्रको विकास संगै प्रशासनिक कार्यलाई चूस्त दुरुस्त बनाउन सकेमा यो क्षेत्रका विकास र समृद्धिको ढोका खोलिने उहाँको भनाई छ ।
ढोरपाटन बहसमा बोल्दै उहाँले भन्नुभयो ‘यो क्षेत्रले राम्रो भिजन भएको नेनृत्व खोजेको छ त्यो म भित्र छ जनताका समस्या र आवस्यकतालाई निर्वाचन जितेपछि पुरा गर्ने बताउनु भयो । ’

आफनो पार्टी प्रति राम्रो जनलहर रहेका कारण बागलुङ २ मा निर्वाचन जित्नेमा आफु नागरीक प्रति आशा र भरोसा रहेको बताउनु भयो ।
मतदाताको घरघरमा पुगेर आफना उमेदवारलाई मतदान गर्न र एजेन्डा प्रस्तुत गर्ने गरीएको क्षेत्रीय सभापती दीपक घर्तीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img