बागलुङ माघ २२
नेकपा एमालेले आगामी निर्वाचनका बागलुङ क्षेत्र नं २ मा पार्टीको तर्फबाट प्रत्यक्ष उम्मेदवार मञ्जु शर्मा चालिसेलाई अत्यधिक मत सहित विजयी गराउनको लागि गलकोट नगरपालिका वडा नं २नरेठाँटीमा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ ।

बिहीबार बसेको पार्टी कमिटिको बैठकले टंक कार्कीको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । समितिको सह-संयोजकमा राम बहादुर थापा रहनुभएको छ । कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सदस्य तथा निर्वाचन परिचालन कमिटी सदस्य बुल बहादुर के.सी, एमाले जिल्ला सचिवालय सदस्य डम्मर बहादुर श्रीस, गलकोट नगर कमिटी उपाध्यक्ष ईश्वर बोहोरा क्षेत्री र नेकपा एमाले पूर्व वडा कमिटी अध्यक्ष होम बहादुर थापाले मन्तव्य राख्नु भएको थियो ।
त्यस्तै नेकपा एमालेले पार्टी पंक्तिलाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा केन्द्रित हुन अपिल समेत गरेको छ । अहिलेको निर्वाचन देश बनाउने र जलाउने विचको प्रतिस्पर्धा भएको बताउदै मुलुकको समृद्धि र विकासको लागि एमालेका उम्मेदवारलाई विजयी गराउनुपर्नेमा एमालेले जोड दिएको छ ।

राष्ट्र, राष्ट्रियता र मुलुकको सार्वभौमिकताको रक्षाका लागि एमालेको विकल्प नरहेको उल्लेख गर्दै पार्टी भित्रका झिना मसिना विषयमा नअल्झिन कार्यकर्तालाई निर्देशन समेत दिईएको छ ।










