बुर्तिबाङ माघ २२ गते
बुर्तिबाङ ढोरपाटन यातायात सेवा प्रालीको आयोजनामा बिहीबार बुर्तिबाङमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाले सामाजिक उत्तरदायीत्व अन्र्तगत रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष विनोद भण्डारीले बताउनु भयो ।
बुर्तिबाङ अस्पत्तालमा आयोजीत कार्यक्रममा कुल ५६ जना नागरीकले रक्तदान गरेको जनाइएको छ । बुर्तिबाङ स्थित विभिन्न सामाजिक संस्थाको सहयोगमा सञ्चालन भएको रक्तदान नेपाल रेडक्रस सोसाईटी प्रादेशिक गण्डकी प्रदेशको सहजिकरणमा रक्तदान संकलन गरी पोखरा पठाइएको हो ।

बुर्तिबाङ अस्पत्तालको सह आयोजना, ढोरपाटन नगरपालिका, नेपाल रेडक्रस सोसाइटी उप शाखा बुर्तिबाङ, ढोरपाटन उद्योग वाणिज्य संघ, बुर्तिबाङ राइजिङ यूवा क्लब र बुर्तिबाङ फुटवल क्लब लगाएत संस्थाको सहयोग र सामुदायिक रेडियो ढोरपाटन मिडिया पाटनरको रुपमा भुमिका रहेको थियो ।
लामो समय देखि ट्याक्सी सेवा सञ्चालन गर्दे आएको संस्थाले विभिन्न सामाजिक कार्यमा समेत हातेमालो गर्दे आएको छ ।










