माघ ५ गते बुर्तिबाङ
बुर्तिबाङमा गत माघ १ गतेदेखि सुरु भएको ओप्पन सेभेन ए साइड फुटबल प्रतियोगिता सोमबार सम्पन्न भएको छ ।

कुल १७ समुहको सहभागिता रहेको प्रतियोगिता तर्फ डिपिवाईएस समुह रिघा प्रथम, तमान फुटबल क्लब दिर्तीय भएका छन । प्रथम दिर्तीय हुने समुहले क्रमश १ लाख ११ हजार १११ र दिर्तीय हुने समुहले ६६ हजार ६ सय ६६ रुपैयाँ र मेडल र प्रमाणपत्र हात पारेका छन ।
बुर्तिबाङ फुटबल क्लबको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा १४ बर्ष मुनि समुहका खेलाडीको हरूका निम्ती समेत खेल आयोजना गरिएको हो ।

जसमा विएफसी बुर्तिबाङ र दिर्तीय निसीखोला २ गोल्डेन फ्युचर एकेडेमी हुन सफल भएको हो । प्रथम र दिर्तीय हुने समुहले क्रमश १० हजार र ५ हजार पुरस्कार प्राप्त गरेका छन ।
कार्यक्रम क्लबका अध्यक्ष युवराज कुवँरको अध्यक्षता, ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।










