माघ ४ गते आइतबार
दिगो पर्यटन प्रर्वद्धन परियोजना द्धारा विवाईसी बागलुङको आयोजनामा ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिका अन्तरगतका शिक्षकहरूका निम्ती क्षमता विकास तालिम सुरु भएको छ ।

संरक्षण शिक्षामा आधारित शिक्षक सिकाइ युनिटको बारेमा ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिका अन्तरगत माध्यमिक विद्यालयका शिक्षकहरूका लागी दुई दिने क्षमता विकास तालिम बुर्तिबाङमा सुरु भएको हो ।
तालिमका अवसरमा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत ले हाम्रो वातावरण र ढोरपाटन नामक पुस्तकको विमोचन समेत गर्नुभएको छ । ढोरपाटन इतिहास, पर्यटन, सम्भावना र दिगो विकास सहित तयार गरिएको पुस्तकको विमोचन गरिएको हो ।

आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै कार्यवाहक मेयर कायतले विवाईसी द्धारा ढोरपाटन क्षेत्रको विकास, उद्यम, दिगो पर्यटन पर्वधन र नेतृत्व विकास र सिकाइका क्षेत्रमा अतुलनीय कार्य गर्दे आएको बताउनु भयो ।
दिगो विकास पर्यटन प्रर्वद्धन परियोजना द्धारा होटल होम स्टेको व्यवस्थापक, सुन्दर ढोरपाटन निर्माण र सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलिरहेको र स्थानीय सरकारले समेत परियोजनाले गरेको काममा सकारात्मक सहयोग गरेको बताउनु भयो ।
कार्यक्रममा वन विज्ञान अनुसन्धान पोखराका उपप्रध्यापक विकास अधिकारी द्धारा प्रशिक्षण दिइने कार्यक्रममा ढोरपाटन नगरपालिका भित्रका ७ र निसीखोला गाउँपालिका अन्तर्रगतका ५ विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिको सहभागिता रहेको हो ।
दिगो विकास पर्यटन प्रर्वद्धन परियोजना कार्यक्रम उद्यम विकास अधिकृत टेक बहादुर वि.क.को अध्यक्षता ,परियोजनाका कार्यक्रम निर्देशक उत्तम अर्यालको स्वागत विष्णु शर्माको सञ्चालनमा पहिलो दिनको कार्यक्रम सम्पन्न भएको हो ।










