निसीखोला तेश्रो लघुजलविद्युत सहकारी संस्थाको तेश्रो वार्षिक साधारण सभा ।


पौष २८ गते बुर्तिबाङ
निसीखोला तेश्रो लघुजलविद्युत सहकारी संस्थाको तेश्रो वार्षिक साधारण सभा सोमबार संस्थाको कार्यालयमा सम्पन्न भएको छ ।
आयोजित कार्यक्रमलाई गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले उद्‌घाटन गर्दे देशमा गत भाद्र २३ र २४ गतेको आन्दोलनका कारण सरकार परिवर्तन देखि धेरै विषय परिवर्तन हुँदा अझैपनि देश अन्यौल अवस्थामा रहेको बताउनु भयो । देशमा परिवर्तनका निम्ती भएका आन्दोलनले कतै फाइदा पुर्याएपनी धेरै घाटा हुन पुगेको बताउनु भयो 


नेपाल क्रमिक रुपमा विकास भइरहेको अवस्थामा पुराना दलले केही पनि गर्न सकेनन् भन्ने भाष्य निर्माण गरिएको बताउँदै पुराना दलकै कारण सडक, शिक्षा, स्वास्थ्य, विधुत लगायत जनताको समस्या संग नजिक रहेर विकास भइरहेको बताउँदै वर्तमान अवस्थामा देखिएको नकरात्मकताले समाज र देशको हित नहुने बताउँदै सकारात्मक चिन्तन र सबैको समोन्यले मात्र देशको समृद्धि हुने बताउनु भयो । 


संस्थाका अध्यक्ष भूमिराज घर्तिको अध्यक्षतामा आयोजित कार्यक्रममा निसीखोला गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्ति, वडा नम्बर ५ का अध्यक्ष हर्कमान घर्ति, राजनैतिक दलका प्रतिनिधि , जनप्रतिनिधि लगायतको आतिथ्यता एवम् शुभकामना मन्तव्य रहेको थियो । 


कार्यक्रममा संस्थाका अध्यक्ष भूमिराज घर्तीद्वारा संस्थागत प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । संस्थाका कोषाध्यक्ष पुनिकला बुढा द्धारा आर्थिक बर्स २०८१÷०८२ को आय व्यवाय विवरण प्रस्तुत गर्नुभएको हो । संस्थाले २३ लाख २८ हजार ३९ रुपैयाँ आम्दानी गर्दा १४ लाख ५५ हजार ६७२ रुपैयाँ खर्च रहेको विवरण प्रस्तुत गरिएको हो । 


संस्थाले ८ लाख ७२ हजार ३३६ रुपैयाँ लगानीमा रहेको रकमको विवरण प्रस्तुत गरेको हो । कार्यक्रम संस्थाका उपाध्यक्ष चुले कामीको स्वागत सचिव तारा बहादुर वि.क. को सञ्चालनमा सम्पन्न भएको हो । 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img