पौष २८ गते बुर्तिबाङ
बुर्तिबाङ फुटबल क्लबको आयोजनामा माघ १ गतेदेखि ५ गतेसम्म बुर्तिबाङमा सेभेन ए साइड ओप्पन फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रत्यक बर्ष फुटबल प्रतियोगिता आयोजना गर्दे आएको क्लबले यस बर्षपनी पाँचदिने कार्यक्रम गर्ने गरी आवश्यक तयारी भइरहेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
खुल्ला सेभेन ए साइड प्रतियोगितामा कम्तिमा आयोजक सहित १७ समुहको सहभागिता रहने जनाइएको छ । प्रतियोगितामा प्रथम हुने समुहले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ दिर्तिय हुनेले ६६ हजार ६ सय ६६ रुपैयाँ सहित क्रमश ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको जनाइएको छ ।

त्यस्तै १४ बर्ष मुनि समुहका खेलाडीहरूका निम्ती समेत खेल आयोजना गरिएको छ । जसमा प्रथम र दिर्तिय हुने समुहले क्रमश १० हजार र ५ हजार पुरस्कार प्राप्त गर्ने जनाइएको छ । उत्तरगंगा माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगिताका निम्ती आवश्यक तयारी भइसकेको क्लब अध्यक्ष यूजराज जंग कुवँरले बताउनु भयो ।
त्यस्तै खेलकुदका निती नियमका विषयमा खेलकुद संयोजक ताइसन पुन मगरले बताउनु भयो । कार्यक्रममा संस्थाका सल्लाहकार टिका बहादुर पुन, कृष्ण भण्डारी, सम्शेर वि.क.ले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम सचिव जीवन विश्वकर्माले सञ्चालन गर्नुभएको हो ।










