बुर्तिबाङमा अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघ ढोरपाटनको प्रथम भेला ।

पौष २८ गते बुर्तिबाङ
बुर्तिबाङमा अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघ ढोरपाटनको प्रथम भेला आइतबार सम्पन्न भएको छ ।

करिब १०० जनाको सहभागिता रहेको भेलाले नयाँ कार्यसमिती चयन गर्दे बुर्तिबाङमा भारतिय पूर्व सैनिकलाई पेन्सिन लिनका निम्ती सहज होस भन्ने उदेश्यले नेपाल एसविआई बैँक र एभरेष्ट बैँक ल्याउने विषयमा समेत छलफल भएको जनाइएको छ ।

बुर्तिबाङमा बैँक स्थापना भएमा बागलुङको पश्चिम क्षेत्र संगै रुकुम, प्युठान, म्याग्दी सम्मका नागरीकलाई सहज हुने जनाइएको छ ।
भेलाले सुरेश घर्ति अध्यक्ष रहेको १७ सदस्य समितीको गठन गरीएको छ । समितीको उपाध्यक्षमा जग बहादुर पुन, सचिव ज्ञानेन्द्र घर्ति मगर , कोषाध्यक्ष खम माया घर्ति मगर लगाएत रहेको समितीको गठन गरीएको हो ।

नयाँ नेतृत्वले बैँक ल्याउन पहल गर्ने, भारतिय भुपु शैनिक संघमा आवद्ध रहेका भुपुहरुको हक हितमा काम गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img