पौष २५ गते शुक्रबार
तमानखोला गाउँपालिकाको आयोजनामा शुक्रबार देखि पालिका अन्तर्गतका विद्यालय स्तरीय अतिरिक्त कृयाकलाप सुरु भएको छ ।

विभिन्न ५ विधामा सञ्चालन भइरहेको प्रतियोगिता तर्फ २१ वटा विद्यालयको सक्रिय सहभागिता रहेको हो । आज आयोजित कार्यक्रम तमानखोला गाउँपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्यालको अध्यक्षतामा शुभारम्भ गरिएको हो ।
सभाध्यक्ष हिराकुमारी छन्त्यालले बोल्दै विद्यार्थीलाई अध्ययन संगै अतिरिक्त कृयाकलाप संगै प्रतिभाको विकास गर्न र शैक्षिक कृयाकलापलाई अगाडी खेलकुदका कार्यक्रम समेत अपरिहार्य रहेको बताउँदै खेलकुदले शिक्षाको विकास र अनुशासन, प्रतिभा प्रस्फुटन गर्न महत्वपूर्ण सहयोग गर्ने बताउँदै अनुशासन पूर्वक खेलकुदमा सहभागिता जनाउन विद्यार्थीलाई अनुरोध गर्नुभयो ।

गाउँपालिका शिक्षा शाखाको आयोजनामा सुरु भएको कार्यक्रममा पहिलो दिन छात्र भलिवल प्रतियोगिता सुरु भएको छ । ९ विद्यालयको भलिबल तर्फ सहभागिता रहेको हो । त्यस्तै पहिलो दिन छात्र छात्रा हिसाब डोँड प्रतियोगिता भएको शिक्षा शाखा अधिकृत दुर्गादत्त घिमिरेले बताउनु भयो

उक्त प्रतियोगिता तर्फ १७ विद्यालयको सहभागिता रहेको थियो । कार्यक्रममा छात्र छात्रा भलिवल, हिसाब डौड, वक्तित्व कला, हाजिरी जवाफ प्रतियोगिता हुने भएको हो ।
तमान स्थित धनगौज्वती माध्यमिक विद्यालयका प्राङ्गणमा कार्यक्रम सुरु भएको छ । कार्यक्रम वसन्त घर्तिको सञ्चालनमा सम्पन्न भएको हो ।










