कोशी र गण्डकी प्रदेशको हिमाली एकरदुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना ।।

२०८२ कार्तिक २३ बुर्तिबाङ ,
आज कोशी र गण्डकी प्रदेशको हिमाली एकरदुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

देशका अरू धेरै ठाउँमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागमा मौसम बदलीको अवस्था छ । आज दिउँसोपछि कोशी र गण्डकी प्रदेशका हिमाली भागका एकरदुई ठाँउमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अहिले देशभर कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको महाशाखाले जनाएको छ । आजराति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने अनुमान छ । उज्यालोका खबर

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img