२०८२ कार्तिक २२ बुर्तिबाङ,
शुक्रबार राति भएको पिकअप जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरका अनुसार बुर्तिबाङदेखि ढोरपाटन तर्फ जाँदै गरेको ग– ३–च ३८१९ नम्बरको पिकअप जिप शुक्रबार राति करिब १० बजे ढोरपाटन नगरपालिका– ८ र ९ को सिमाना स्थित चाविरमा दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा ढोरपाटन नगरपालिका– ७ का २३ वर्षीय राजेन्द्र अदैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी, ढोरपाटन नगरपालिका– ९ का २७ वर्षीय चालक दिलबहादुर विक र वडा नं ७ का २४ वर्षीय वसन्त अदै घाइते भएका छन् ।

प्रहरी निरीक्षक मानन्धरका अनुसार घाइते चालक विकको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको छ भने वसन्त अदै सामान्य घाइते भएकाले घर फर्किएका छन् ।










