२०८२ असोज ७, बुर्तिबाङ ,
बुर्तिबाङ,शिशिरि विश्वकर्मा ,

दशैँ–तिहार नजिकिँदै गर्दा देशभरको बजारमा चहलपहल बढ्दै गएको छ ।
त्यस्तै बागलुङको बुर्तिबाङ बजारमा पनि घटस्थापना देखि चहलपहन ह्वाट्टै बदेको छ । पर्वको मुखमा उपभोग्य सामग्रीदेखि लत्ताकपडा, मिठाई र मासुजन्य लगायत अन्य वस्तुको खरिदमा ग्राहकहरूको भीडभाड बढिरहेको छ ।

यसैबीच, बुर्तिबाङ बजारमा मुस्ताङबाट ल्याइएका च्याङ्ग्राहरू पहाडी च्याङ्ग्रा बाख्रा) पनि देखिन थालेका छन् । व्यापारीहरूका अनुसार प्रत्येक वर्षजस्तै यस वर्ष पनि दशैँको अवसरमा विशेष रूपमा च्याङ्ग्राको माग उच्च हुने भएकाले मुस्ताङबाट ठूलो सङ्ख्यामा च्याङ्ग्रा ल्याइएको हो ।
मुस्ताङबाट ल्याइएका च्याङ्ग्रा (पहाडी च्याङ्ग्रा बाख्रा) बुर्तिबाङ बजारमा देखिन थालेका छन् । स्थानीय व्यापारीहरूका अनुसार दशैँमा विशेष गरी च्याङ्ग्राको मासु अत्यधिक माग हुने भएकाले यसवर्ष पनि व्यापारीहरूले मुस्ताङबाट ठूलो संख्यामा च्याङ्ग्रा ल्याएर बिक्रीका लागि राखेका ।
बजारमा पुगेका उपभोक्ताले च्याङ्ग्राको मूल्य सामान्यतया महँगो भए पनि पर्वमा स्वादिलो मासुका कारण खरिद गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । हाल बजारमा प्रति केजी च्याङ्ग्राको मासु पाँचसयदेखि सातसय रुपैयाँसम्म पर्न सक्ने अनुमान व्यापारीहरूले गरेका छन् ।
दशैँ नजिकिँदै गर्दा बुर्तिबाङ बजारमा चहलपहल झन् बढ्ने र च्याङ्ग्राको व्यापार अझै चर्कने अपेक्षा गरिएको छ । पर्वसँगै स्थानीय अर्थतन्त्रमा समेत यसले सकारात्मक प्रभाव पार्ने व्यवसायीहरूको विश्वास छ । त्यस्तै, बागलुङको बुर्तिबाङ बजारमा पनि घटस्थापना पछि सर्वसाधारणको भीडभाड र उपभोग्य सामग्रीको खरिदबिक्रीमा उल्लेख्य वृद्धि भएको छ । बजारका पसल र व्यापारिक प्रतिष्ठानहरूमा उपभोक्ताको भीड बाक्लिँदै गएको देखिन्छ ।
ग्राहकहरूले च्याङ्ग्राको मूल्य सामान्यतया बढी भए पनि दशैँ–तिहारमा यसलाई स्वादिलो र पोषिलो मासुका कारण अनिवार्य रूपमा खरिद गर्ने बताउँछन् । व्यापारीहरूले यस वर्ष प्रति केजी पाँच सयदेखि सात सय रुपैयाँसम्म पर्न सक्ने अनुमान गरेका छन् । बजारमा देखिएको यो चहलपहल आगामी दिनमा अझ बढ्ने र च्याङ्ग्राको खरिदबिक्री समेत तीव्र हुने अपेक्षा गरिएको छ ।
व्यवसायीहरूको भनाइअनुसार पर्वसँगै च्याङ्ग्राको व्यापार मात्र नभई अन्य क्षेत्रका वस्तु तथा सेवाको कारोबार पनि बढ्ने भएकाले यसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्ष गरिएको छ ।