तमानखोला गाउँपालिका द्वारा आ.व. २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत ।

२०८२ असार १० ।

तामानखोला गाउँपालिकाको नीति तथा कार्यक्रम असार ९ गते मङ्गलबारका दिन प्रस्तुत गरिएको छ । बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाले आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रममा आगामी आ.व. मा शिक्षा युवा तथा खेलकुद, स्वास्थ्य, खानेपानी तथा सरसफाई, सामावेशीकरण, गरिबी निवारण तथा कला संस्कृति, कषि, तथा पशुपालन, लघुउद्यम, सहकारी र पर्यटन, श्रम तथा रोजगारी, सडक तथा यातायात, आवास तथा भवन, उर्जा, वन वातावरण तथा विपद् व्यवस्थापन, सुशासन, संस्थागत विकास र सेवा प्रवाहमा विशेष जोड दिइएको छ ।

तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले “सुखी र समान, समुन्नत तमान” भन्ने मूल नाराका साथ तामानखोला गाउँपालिकाको गाउँ सभा, २०७९ को सातौँ अधिवेशनमा आगामी वर्षका नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
जसअन्तर्गत तमानखोला गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक, भौतिक तथा विकासका लागि शैक्षिक सुधारका कार्यक्रमलाई निरन्तरता दिने भएको छ भने गाउँपालिका कप सञ्चालन र तमानखोला वर्ष खेलाडी सम्मान कार्यक्रमलाई निरन्तरता दिने , त्यस्तै नसर्ने रोगको परीक्षण गरी समयमा नै उपचारमा जोड दिने, मानसिक रोग नियन्त्रणका लागि मनोसामाजिक परामर्श सेवा सञ्चालन गर्ने, स्वास्थ्य सूचना प्रणलीलाई पूर्णरुपमा डिजिटाइजेसन गर्ने तथा स्वास्थ्य प्रोफाइलको अध्यावधिक गर्ने लक्ष्य लिइएको छ ।

त्यस्तै हरेका नागरिकलाई खानेपानीको उपलब्धता गराउने, लक्षित वर्गका लागि विभिन्न क्षमता विकासका कार्यक्रमको आयोजना गर्ने, बालमैत्री स्थानीय शासनयुक्त पालिका बनाउने, अन्तर जातीय विवाह गर्ने जोडीलाई सम्मान गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । कृषि क्षेत्रलाई आधुनिकरण गर्ने, बजारीकरणमा व्यवस्थापकीय भूमिका खेल्ने, उत्कृष्ट कृषकलाई सम्मान गर्ने, पशुपंक्षी व्यवसाय गर्ने किसानलाई प्रोत्साहन गर्दै परम्परागत कुषि तथा पशुपालन व्यवसायलाई संरक्षण गरिने भएको छ ।
लघुउद्यम, सहकारी र पर्यटन क्षेत्रलाई प्रवद्र्धन गरिने, रोजगार आयोजनाहरुको प्रभावकारी कार्यान्यनका लागि शतप्रतिशत लागत साझेदारी कायम गर्ने उल्लेख गरिएको छ भने वैदेशिक रोजगारीमा जान चाहनेका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ । सडक नपुगेको ठाउँमा सडम सञ्जाल जोड्ने, विभिन्न सडकलाई कालोपत्रे गर्ने, विभिन्न ठाउँमा कल्भर्ट निर्माण गर्ने, गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्यलाई सम्पन्न गर्नका लागि विशेष प्राथमिकता दिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
त्यस्तै गाउँपालिकाको प्रत्येकक वडामा केन्द्रिय लाइनलाई विस्तार गर्ने, सुशासन, संस्थागत विकास र सेवा प्रवाहका लागि उपभोक्तमा समिति मार्फत क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने, न्यायक समिति मेलमिलाप केन्द्रको संरचनागत र क्षमता अभिवृद्धि गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यस्तै सोही कार्यक्रममा लेखा समितिको वार्षिक प्रतिवेदन पनि सार्वजनिक गरिएको छ । जसमा आ.व. २०७९/०८० को अन्तिम लेखापरीक्षण प्रतिवेदनबाट गाउँपालिकाको बेरुजु २.०१ प्रतिशत रहेकोमा आ.व. २०८०/०८१ मा बेरुजु १.८६ प्रतिशत कायम रहेको र यसलाई घट्दो क्रममा झारी शून्यमा लैजाने जनाएको छ भने अघिल्लो आर्थिक वर्षमा भए गरेका विभिन्न उपलब्धीहरु समेत प्रस्तुत गरिएको थियो ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत आज असार १० गते  मङ्गलबार प्रस्तुत गरिने गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img