जेठ २० गते ढोरपाटन
प्रकाश माध्यमिक विद्यालय ढोरपाटन नगरपालिका ४ हुन्द्राफेदी को मङ्गलबार एक कार्यक्रमका बिच ५४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको छ ।

विद्यालय व्यवस्थापन समिति ज्येष्ठ सदस्य हिरा बहादुर खत्रीको अध्यक्षतामा आयोजित कार्यक्रमको गण्डकी प्रदेश सभा सदस्य माननीय जित बहादुर शेरचनले उद्घाटन गर्नुभएको हो । आयोजीत कार्यक्रमलाई सम्बोधन गर्दे सांसद शेरचनले आफले आधारभुत तहमा अध्ययन गरेको विद्यालयको वार्षिकोत्सव समारोहमा सहभागिता जनाउन पाउँदा खुसि लागेको बताउँदै विद्यालयको भौतिक संरचना सुधार गर्न आफूले प्रयास गर्ने बताउनु भयो ।
शिक्षा क्षेत्रको विकासले मात्र देशको विकास हुने बताउँदै शिक्षाको विकासमा सबैको अहम् भूमिका रहने बताउनु भयो । सांसद शेरचनले फरक प्रसङ्गमा बोल्दै आफू क्षेत्र नम्बर २ प्रदेश सभा १ बाट निर्वाचित भएपनि यस क्षेत्रको पनी विकासमा नागरिक सँग हातेमालो गरिरहेको बताउनु भयो । खानेपानी, पुल, सडक लगायत दर्जनौँ योजनाहरु यहाँका नागरिकको माग र आवश्यकताको आधारमा

ग िरएको बताउँदै आफूले कम बोल्ने तर बोलेका कुरा व्यवहारमा उतार्दै आएको बताउनु भयो । कार्यक्रममा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतको विशिष्ट आतिथ्यता रहेको थियो । कायत ले सम्बोधन गर्दे सामुदायिक विद्यालयको गुणस्तर उकास्न ढोरपाटन नगरपालिकाले दिगो लक्ष्य र योजनाका साथ अगाडि बढिहरेको बताउनु भयो । समाजमा अझैपनि सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोण नकारात्मक देखिन्छ शिक्षक, अभिवक, विद्यार्थी सँगै सरकारको भूमिकाले मात्र सामुदायिक विद्यालयको विकास सम्भव हुने उहाँको भनाई थियो ।
आयोजित कार्यक्रममा निसीखोला गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्ति, ढोरपाटन नगरपालिका शिक्षा शाखा अधिकृत गणेश बहादुर रावल, समाजसेवी सहविन अर्गजा लगायतको शुभकामना मन्तव्य रहेको थियो ।कार्यक्रममा चन्दादाता, जनप्रतिनिधि, अभिभावक लगायतको आतिथ्यता रहेको थियो ।
विद्यालयले आयोजना गरेको खुल्ला माध्यमिक विद्यालय स्तरीय छात्र भलिबल प्रतियोगितामा ९ समुहको सहभागिता रहेकोमा छोरेगाउँ माध्यमिक विद्यालय प्रथम र घोसाखानी माध्यमिक विद्यालय द्धिर्तिय भएका छन । मावि स्तरीय छात्रा भलिबलमा आयोजक विद्यालय प्रथम र घोसाखानी माध्यकि विद्यालय दिर्तिय भएको छ । विद्यालयले आन्तरिक विविध कार्यक्रम आयोजना गरेको थियो । औपचारिक कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राम बहादुर राना द्धारा विद्यालयको शैक्षिक, भौतिक र आर्थीक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।










