ताराखोला गाउँपालिकामा ४९.३५ मत खसेको छ । कुल आठ हजार २७२ मतदाता मध्ये चार हजार ८२ मत खसेको हो
जसमध्ये ताराखोला गाउँपालिका वडा नं. १ मा १ हजार ७ सय ५५ मतदाता मध्ये ८ सय १४ मत खसेको मतदान अधिकृत देबेन्द्र बहादुर थापाले बताउनुभयो ।
त्यस्तै वडा नं.२ मा १ हजार ७ सय ९ मध्ये ९ सय ६१, वडा नम्वर ३ मा १ हजार ८ सय ८८ मध्ये ६ सय ५५, वडा नम्वर ४ मा १ हजार १ सय १८ मध्ये ६ सय २१, वडा नम्वर ५ मा १ हजार ८ सय २ मध्ये १ हजार ३१ मत खसेको मतदान अधिकृत डा. सूर्य बहादुर बि.क ले बताउनुभयो । मतदान सौहार्दपूर्ण, भयरहित र शान्त वातावरणमा सम्पन्न भएको जनाईएको छ ।










