निसीखोला गाउँपालिकामा सौहार्द पूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ । कुल १५६६८ मतदाता रहेकोमा आठ हजार ८४ अर्थात ५१.६० प्रतिशत मत खसेको छ ।
जसमा निसीखोला गाउँपालिका १ स्थित देस्थिान माध्यमिक विद्यालय मतदान केन्द्रमा मा मतदान सौहार्द पूर्ण रुपमा सम्पन्न भएको छ । कुल २४५४ मतदाता मध्ये ११११ मत खसेको जनाइएको छ । वडा नम्बर २ स्थित रत्नराज्य लक्ष्मि माध्यमिक मतदान केन्द्रमा कुल २६५६ मतदाता मध्ये १२८१ म्त खसेको पाइएको छ ।

वडा नम्बर ३ स्थित प्रभा माध्यमिक विद्यालय मतदान केन्द्रमा २२२० मतदाता मध्ये ११२४ मत खसेको छ । वडा नम्बर ४ स्थित जनजिवराज शुसिला माध्यमिक विद्यालय मतदान केन्द्रमा कुल मतदाता १८२० मध्ये १०६५ मत खसेको पाइएको छ ।
वडा नम्बर ५ स्थित ज्ञानेन्द्र माध्यमिक विद्यालय मतदान केन्द्रमा भएको मतदानमा २३९० मतदाता मध्ये १२८९ मत प्राप्त भएको छ । वडा नम्बर ६ मा कुल मतदाता २२१९ मतदाता मध्ये १२४१ मत खसेको छ । वडा नम्बर ७ मा १९१८ मतदाता मध्ये ९७३ मत खसेको पाईएको छ ।










