ढोरपाटन नगरपालिकामा कुल ५७.१२ प्रतिशत मत खसेको छ । कुल १७ हजार ५५४ मतदाता मध्ये दश हजार २८ अर्थात ५७.१२ प्रतिशत मत खसेको हो ।
नगरपालिकाको वडा नम्बर १ स्थित उत्तरगंगा माध्यमिक विद्यालयमा मतदान केन्द्रमा भएको निर्वाचन सौहार्द पूर्ण रुपमा सम्पन्न भएको छ । जसमा कुल १६४७ मतदाता मध्ये ९२४ मत खसेको जनाइएको छ । वडा नम्बर २ स्थित जनजागृर्ति आधारभुत विद्यालय मतदान केन्द्रमा कुल १२८० मतदाता मध्ये ६७९ मत खसेको छ ।

त्यस्तै वडा नम्बर २ कै रिनाम मतदान केन्द्रमा ८५२ मतदाता मध्ये ४९० मत खसेको हो । वडा नम्बर ३ बाट ९४४ मत खसेको छ । वडा नम्बर ४ बाट १२९२ मत खसेको छ ।
वडा नम्बर ५ बाट कुल २१४२ मतदाता मध्ये १०९८ मत खसेको छ । वडा नम्बर ६ बाट १४४९ मत खसेको हो । वडा नम्बर ७ मा ८०२ , वडा नम्बर ८ मा १००० र वडा नम्बर ९ मा कुल १५०८ मतदाता मध्ये ७८९ मत खसेको जनाइएको छ ।










