बागलुङको वडिगाड गाउँपालिकामा ४७.७६ प्रतिशत मत खसेको छ । बिहीबार भएको निर्वाचन सौहार्द पूर्ण रुपमा सम्पन्न भएको बताइएको छ ।
कुल एक्काईस हजार ३६ मतदाता मध्ये दश हजार ४७ अर्थात ४७.७६ प्रतिशत मतदान भएको छ । जसमध्ये वडा नम्बर १ मा २१०१ मतदाता मध्ये ९७३ अर्थात ४६.३१ प्रतिशत, वडा नम्बर २ मा १९८३ मध्ये ९७० अर्थात ४८.९१ प्रतिशत मत खसेको छ ।
त्यस्तै वडा नम्बर ३ मा १६८६ मध्ये ८२१ व्डा नम्बर ४ मा २७०० मध्ये १११४, वडा नम्बर ५ मा ३१९२ मध्ये १४४१, वडा नम्बर ६ मा १३४५ मध्ये ६७३ मत खसेको हो । वडा नम्बर ७ २४६८ मध्ये १११४, वडा नम्बर ८ मा १३४९ मध्ये ९५५, वडा नम्बर ९ मा १८७६ मध्ये ९२७ र वडा नम्बर १० मा २०६० मध्ये १०५५ मत खसेको पाइएको छ ।
बागलुङको वडिगाड गाउँपालिकामा खस्यो ४७.७६ प्रतिशत मत ।










