प्रतिनिधी सभा निर्वाचनमा जिल्लाको तमानखोला गाउँपालिकामा ५६.२८ प्रतिशत मत खसेको छ । कुल सात हजार ७ सय ४० मतदाता मध्ये चार हजार ३ सय ५६ मत खसेको छ ।
सौहार्द पूर्ण रुपमा सम्पन्न भएको निर्वाचनमा वडा नम्बर १ बाट २०४० मतदाता मध्ये १०४३ वडा नम्बर २ बाट १८३८ मध्ये ९८२, वडा नम्बर ३ मा ११९७ मध्ये ८९७ वडा नम्बर ४ मा ८९८ मध्ये ४६३ मत खसेको छ ।

त्यस्तै वडा नम्बर ५ मा १०६२ मधये ६०१ वडा नम्बर ६ मा ७१५ मध्ये ३७० मत खसेको छ । पालिकाको सबै मतदान केन्द्रमा सौहार्द पूर्ण रुपमा मतदान सम्पन्न भएको छ । मतपेटिका निर्वाचन अधिकृतको कार्यालय कुत्थाप्लामा ल्याईको छ ।










