गलकोटमा ४८.१७ प्रतिशत मत खसेको छ ।
प्रतिनिधि सभाका निर्वाचन अन्तर्गत आज बिहान ७ बजेबाट सञ्चालन भएको निर्वाचनमा ४८.१७ प्रतिशत मत खसेको हो ।

जसअन्तर्गत गलकोट नगरपालिका वडा नम्वर १ मा ३ हजार १ सय ३८ मतदाता मध्ये १ हजार ३ सय ६५ मत खसेको मतदान अधिकृत पूर्ण प्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।
त्यस्तै वडा नं. २ मा २ हजार ४ सय ८ मतदाता मध्ये १ हजार ६४, वडा नं। ३ मा २ हजार ९ सय १३ मतदाता मध्ये १ हजार ४ सय ४४, वडा नं. ४ मा १ हजार ९ सय ६१ मतदाता मध्ये ९ सय ४७ मत खसेको मतदान अधिकृत कृष्ण प्रसाद ज्ञवालीले बताउनुभयो ।
त्यस्तै वडा नं. ५ मा २ हजार २ सय ४ मतदाता मध्ये १ हजार ५२, वडा नं. ६ मा १ हजार ६ सय ५६ मतदाता मध्ये ८ सय ४५, वडा नं. ७ मा १ हजार ८ सय ४४ मध्ये ९ सय ५१, वडा नं. ८ मा १ हजार ८ सय ३१ मध्ये ७ सय ९८, वडा नं. ९ मा १ हजार ७ सय ८९ मध्ये ८ सय ७७, वडा नं. १० मा १ हजार ८ सय ८४ मध्ये ९ सय २५ र वडा नं। ११ मा २ हजार ८ सय ९७ मध्ये १ हजार ५ सय ४८ मत खसेको मतदान अधिकृत दिनेश जिसि ले बताउनुभयो ।

मतदान सौहार्दपूर्ण, भयरहित र शान्त वातावरणमा सम्पन्न भएको जनाईएको छ । सम्पूर्ण ठाउँको मतपेटिका संकलन गरिसकेपछि बागलुङ क्षेत्र नं. २ को कार्यालय बुर्तिबाङमा मतगणना गरिने जनाईएको छ ।










