मतदान सम्पन्न भएसंगै बागलुङ २ को मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन थालिएको छ ।
साँझ पाँच बजेपछि मतदान सम्पन्न भएसंगै ४८ वटै मतदान केन्द्रबाट मतपेटिका ल्याउने तयारी भइरहेको निर्वाचन क्षेत्र नम्बर २ का अधिकृत भिम प्रसाद सुवेदीले बताउनु भयो ।

नजिकका मतदान केन्द्रबाट मतपेटिका ल्याउने क्रम सुरु भइसकेको छ । ताराखोला गाउँपालिका, गल्कोट नगरपालिका लगाएत भौगोलीक रुपमा टाढा रहेका मतदान केन्द्रबाट सुरक्षा व्यवस्था सहित मतपेटिका ल्याउन सुरु गरीएको अधिकृत सुवेदीले जानकारी दिनुभयो ।
आज रातीसम्म मतपेटिका ल्याइसकेपछि सर्वदलिय बैठक बसेर सम्भवत भोली बिहान देखि मतगणना सुरु गरिने सम्भावना रहेको निर्वाचन अधिकृत सुवेदीले बताउनु भयो ।










