बाहिरिने समयमा मनसुन फेरि सक्रिय

औसत रूपमा अबको १५ दिनमा मनसुन बहिर्गमन हुनुपर्ने समय भए पनि अहिले सक्रिय बन्न थालेको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले अहिले मनसुनको न्यून चापीय रेखा सरदर ठाउँ आसपास रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन सक्रिय भएको जनाएको छ ।

प्रायः बहिर्गमन हुने समयमा मनसुन सक्रिय हुने महाशाखाका मौसमविद् रोजन लामिछानेले बताउनुभयो । नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख हो । जस अनुसार असोज १६ गते मनसुन बाहिरिनुपर्ने भए पनि यस वर्ष केही दिन लम्बिने अनुमान रहेको उहाँले बताउनुभयो ।

लामिछानेका अनुसार आज राति पनि देशभर साधारणतया मौसम बदली रहनेछ । बागमती र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू–भागका केही ठाउँ तथा बाँकी भू–भागका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो ।

कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भू–भाग तथा लुम्बिनी प्रदेशका तराई भू–भागका १/२ ठाउँमा ठूलाे वर्षाको सम्भावना रहेको लामिछानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img