बुर्तिबाङ असोज १ गते
बुर्तिबाङ राइजिङ यूवा क्लबको अध्यक्षमा सुरज विश्वकर्मा चयन हुनुभएको छ । विश्वकर्माको अध्यक्षतामा १७ सदस्य नयाँ कार्यसमितिको चयन गरिएको जनाइएको छ ।

कोजाग्रत पूर्णिमा नजिक आउँदै गर्दा नयाँ कार्यसमिति चयनको विषयमा बहस भइरहेको अवस्थामा बुधबार बिहान बसेको बैठक तथा छलफलले सुरज विश्वकर्मा अध्यक्ष रहेको समिति चयन गरेको हो ।
समितिको उपाध्यक्ष सरोज घर्ति मगर, सचिव फारम महत, कोषाध्यक्ष विमल बिक लगायत पदाधिकारी चयन हुनुभएको सुरज विश्वकर्माले बताउनु भयो । समितिले नजिक आइरहेको कोजाग्रत पूर्णिमा मेलालाई कसरी व्यवस्थित गरेर अगाडि बढ्ने र क्लबले गर्ने कार्ययोजना लगायतका विषयमा तयारी गरेर अगाडि बढिने बताउनु भयो ।

क्लबले कोजाग्रत पूर्णिमाको अवसरमा बुर्तिबाङ बजारमा यस क्षेत्रकै ठुलो मेलाका रुपमा भलिबल सहित विभिन्न खेलकुद र सांस्कृतिक कार्यक्रम गर्दे आइरहेको छ ।
दुई वर्षे कार्यकाल सकिएपछि निवर्तमान अध्यक्ष मिथुन विश्वकर्माले नेतृत्व हस्तान्तरण गर्नुभएको हो ।










