विवाईसी द्धारा सञ्चालीत एक महिने होटल तथा होमस्टे व्यवस्थापन सञ्चालन तालिम सम्पन्न ।

ढोरपाटन असोज १ गते

छविलाल पाण्डे

दिगो पर्यटन प्रर्वद्धन परियोजना विवाईसी को आयोजनामा युवा तथा महिलाहरूका लागी एक महिने होमस्टे तथा होटल व्यवस्थापन सम्बन्धी एक महिने तालिम बुधबार बुर्तिबाङमा सम्पन्न भएको छ ।

टेरिडेज होम्स जर्मन सरकारको आर्थिक सहयोगमा दिगो पर्यटन प्रर्वद्धन परियोजना विवाईसी को आयोजनामा निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिका अन्र्तगत रहेका होटल तथा होमस्टे गरिरहेका र अवका दिनमा सञ्चालन गर्न चाहने युवा तथा महिलालाई लक्षित गर्दे निःशुल्क रुपमा तालिम उपलब्ध गराइएको हो ।

दिगो विकास, रोजगार, पर्यटन प्रर्वद्धन र रोजगारीलाई प्राथमिकता दिइरहेको परियोजनाले ३० जना होटल सञ्चालक र ६ जना होमस्टे सञ्चालकलाई तालिम दिइएको र उनिहरु लाई व्यवस्थित रुपमा होटल होमस्टे सञ्चालन गर्न योग्य बनाइएको परियोजनाका टिम लिडर अमर थापाले बताउनु भयो ।

आफूहरूले सिप संगै होटल तथा होम स्टे सञ्चालनका निम्ती विभिन्न सामाग्री समेत उपलब्ध गराइएको बताउँदै त्यसको सही सदुपयोग गर्न सुझाब समेत दिनुभयो । युवा तथा महिलालाई रोजगारी र उद्यम संग जोड्नका निम्ती विभिन्न सिप विकास कार्यक्रम गरिएको बताउँदै एक महिना सम्म सिकेको सीपलाई व्यवहारमा परिणत गर्न विवाईसी बागलुङका सदस्य प्रेम केसीले आग्रह गर्नुभयो ।

सहभागीको तर्फदेखि सानुमाया विक, दिनेश बुढा मगर लगायतले बोल्दै आफूहरूले सिकेको सीपलाई व्यवहारमा उतार्ने र व्यवसायिक क्षेत्रबाट अगाडि बढ्ने प्रतिबद्धता जनाएका हुन ।

तालिममा मुख्य प्रशिक्षकको रुपमा रहनुभएका होम स्टे व्यवसायी सङ्घ केन्द्रिय सदस्य नारायण लामाले बोल्दै आफूले सिकाएको सीप अन्र्तगत यहाँ धेरै सम्भावना र अवसर रहेका कारण यो अवसरलाई भरपुर प्रयोग गरी सफल व्यवसायी बन्न सुझाब दिनुभयो । सहभागि प्रशिक्षार्थीलाई संस्थाको तर्फदेखि प्रमाणपत्र र विभिन्न होटल तथा होमस्टे सञ्चालनका निम्ती आवश्यक सामाग्री समेत उपलब्ध गराइएको छ ।

कार्यक्रम परियोजनाका टिम लिडर अमर थापाको अध्यक्षता, विवाईसी बागलुङका सदस्य प्रेम केसीको प्रमुख आतिथ्यता, कार्यक्रम संयोजक उत्तम अर्यालको स्वागत, प्रशिक्षार्थी कुशन घर्ती मगरको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img