निसीखोला व्यवसायी संघकोे आयोजनामा शुभकामना आधान प्रधान ,सपथ ग्रहण तथा सदस्यता वितरण कार्यक्रम ।

ढोरपाटन भाद्र २१ गते

निसीखोला व्यवसायी संघकोे आयोजनामा शनिबार नजिकिँदै गरेका चाडपर्वको अवसरमा शुभकामना आधान प्रधान, समिती पदाधिकारीका निम्ती सपथ ग्रहण तथा सदस्यता वितरण कार्यक्रम सम्पन्न भएको छ ।

गतबर्ष स्थापना भएको व्यवसायी संघले विभिन्न कार्यक्रम गर्दे गर्दा शनिबार संस्थाका पदाधिकारीको पदभार ग्रहण, दशै तिहार पर्वको पावन अवसरमा शुभकामना आधान प्रदान संगै नयाँ सदस्य थप कार्यक्रम सम्पन्न गरिएको संस्थाका अध्यक्ष चेतराम पौडेलले बताउनु भयो ।

अध्यक्ष चेतराम पौडेलको अध्यक्षतामा आयोजीत कार्यक्रममा सल्लाहकार शान्त छन्त्यालको प्रमुख आतिथ्यता, संस्थाका सहसचिव थम्मन घर्ति, सल्लाहकार सदस्य राजमन बुढा,सल्लाहकार राजेन्द्र श्रेष्ठ लगाएतको शुभकामना मन्तव्य रहेको हो

कार्यक्रम संस्थाका उपाध्यक्ष खिम विक्रम गिरीको स्वागत महासचिव शिव कार्कीले सञ्चालन गर्नुभएको हो । संस्थाले कात्तिक महिनामा बार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img