राजनैतिक स्थाईत्व र सरकारलाई स्थितरता दिन बर्तमान सरकार बन्योः उप–प्रधान तथा शहरी विकासमन्त्री सिंह ।

 माघ २१ गते बुर्तिबाङ नेपाल सरकारका उप –प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले वर्तमान गठबन्धन सरकार निर्वाचन सम्म एकढिक्का भएर अगाडी बढ्ने बताउनु भएको छ ।

सोमबार बागलुङ ढोरपाटन नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्‌घाटन गर्न पुग्नुभएका मन्त्री सिंहले देशलाई राजनैतिक स्थायित्व दिन र राजनैतिक स्थिरता कायम संगै देशको विकास र सुशासन ल्याउनका निम्ती यो सरकार बनेको बताउनु भयो ।

सरकार जनताको चाहना बमोजिम देशलाई मूर्तरूप दिन गठन भएको र निर्वाचन सम्म यो सरकार अगाडि बढ्ने बताउनु भयो । ढोरपाटन सिकार आरक्ष लगायत बागलुङको विभिन्न क्षेत्रको अवलोकन गर्नुभएका उहाँले ढोरपाटनमा बन्ने भनिएको उत्तरगङ्गा जलाशय युक्त आयोजना चाँडै सुरु हुने बताउँदै देशकै दश नमुना शहर मध्येको बुर्तिबाङ शहरको विकास र यहाँको समृद्धिमा आफूले भरपुर सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

हालसम्म नेपालमा ५४ वटा स्थानमा नमुना शहर बनाउने गरी नामकरण भइसकेको बताउँदै अब अति आवश्यकताको आधारमा नमुना शहरको छनौट गरेर नमुनाको रुपमा काम गरिने बताउनु भयो । नेपालको अर्थतन्त्रको अवस्थालाई हेरेर काम गरिने बताउँदै इच्छा गरेर मात्रै नभई प्राथमिकताका आधारमा काम हुने बताउनु भयो । बुर्तिबाङ नयाँ शहर आयोजनालाई विशेष रुपमा हेरेर काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।

मन्त्री सिंहले थप बोल्दै आफू धेरै प्रशासनिक भवन उद्घाटनमा जाँदै गर्दा संघिय सरकार, शहरी विकास मन्त्रालय लगायतबाट भवन निर्माण भएको देखे पनी ढोरपाटनमा स्थानीय सरकारले आफ्नै खर्चबाट भवन निर्माण भएको देख्दा आफुले फरक अनुभुती गरेको बताउनु भयो ।

ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधि सभा राज्य व्यवस्था तथा शुसासन समितिका संयोजक रामहरी खतिवडा, संघिय सांसद देवेन्द्र पौडेल, सङ्घीय सांसद देवी प्रकाश भट्टचन, गण्डकी प्रदेश सभा सांसद जीत बहादुर शेरचन, गण्डकी प्रदेश सभा सांसद दिलमाया पौवी ले आफ्नो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले यस क्षेत्रको विकास र समृद्धिमा सबै तहका जनप्रतिनिधि बिच एकता रहेको र यहाँको समस्या र विकासमा सबैले हातेमालो गर्दे अगाडी बढिरहेको बताउनु भयो । उत्तरगंगा जलाशय यूक्त आयोजना निर्माण, सालझण्डी ढोरपाटन सडक निर्माण, अर्नाकोट एयरपोर्ट , सडक, बिद्युत् लगायतका विकासमा संघिय सरकार शहरी विकास मन्त्रालयबाट सहयोगको अपेक्षा रहेको बताएका हुन । २०७८÷०७९ मा निर्माण सुरु भएको प्रशासनिक भवन चालु आर्थिक बर्षमा कुल ४ करोड ५९ लाख ३४ हजारु रुपैयाँमा निर्माण सम्पन्न भएसंगै उद्धघाटन गरिएको हो ।

ढोरपाटन नगरपालिका वडा नम्बर १ का अध्यक्ष वान बहादुर छन्त्यालको स्वागत रहेको कार्यक्रममा स्थानीयत तहका जनप्रतिनिधी, राजनेतिक दलका प्रतिनिधी, विभिन्न संघसंस्थाका प्रतिनिधी, पत्रकार, स्थानीय नागरिक , कर्मचारी सुरक्षा कर्मी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रम प्रमुख प्रशासकिय अधिकृत चिरञ्जिवि घिमिरेले सञ्चालन गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित