ढोरपाटन ६ मा निःशुल्क स्वास्थ्य शिविर २०६ नागरिकको स्वास्थ्य चेकजाँच तथा उपचार

जेठ ३२ गते
जिल्लाको ढोरपाटन नगरपालिका ६ मा बुधबार निशुल्क हाडजोर्नी, नशा, मेरुडण्ड तथा अपाङ्गता सम्वन्धी नि ः शुल्क शिविर सम्पन्न भएको छ ।
ढोरपाटन नगरपालिकाको आयोजना तथा आइ एन एफ नेपाल हरियोखर्क अस्पत्ताल पोखराको आर्थिक तथा प्राविधिक व्यवस्थापनमा सम्पन्न शिविरमा स्थानीय २ सय ६ जना नागरिकले निशुल्क सेवा लिएका हुन ।
सिविरमा बढि मात्रामा हार्डजोर्नी, नशा , मेरुडण्ड र अपांगता भएका व्याक्तिको सहभागिता रहेको थियो । जसमध्ये ७ जनालाई थप उपचारका निम्ती हरियो खर्क अस्पत्ताल पोखरा रेफर गरिने भएको छ । जसमध्ये ३ जनाको कृर्तिम खुट्टा राख्ने व्यवस्थापन गरिने बताईको छ । दुर्गम क्षेत्रका नागरिकले समेत सहज र निः शुल्क रुपमा आफनै गाउँ बस्तिबाट सेवा प्राप्त गरुन भन्ने उदेश्यले शिविर आयोजना गरिएको बताउँदै सिविरबाट यहाँका नागरिकले राम्रो फाइदा लिन सफल भएको वडा नं. ६ का अध्यक्ष उमेश बुढा मगरले बताउनु भयो ।


२०६ जना मध्ये सहभागि विरामीको स्वास्थ्य चेकजाँच सहित आवस्यक, औषधी उपलब्ध गराइनुका साथै ८८ जनालाई विभिन्न सहयोगी उपकरण निशुल्क रुपमा उपलब्ध गराउनुका साथै स्वास्थ्य कर्मीद्धारा परामर्स दिइएको थियो ।
आयोजित उद्धघाटन सत्रको कार्यक्रममा वडा नं. ६ का अध्यक्ष उमेश बुढा मगरको अध्यक्षता, ढोरपाटन नगरपालिका कार्यवाहक नगर प्रमुख धन बहादुर कायतको प्रमुख आतिथ्यता, स्वास्थ्य सम्योजक केशव थापा, सिविर सञ्चालनमा सहजिकरण गर्ने समाजसेवी एवं अधिवक्ता तेजेन्द्र बुढामगर, स्वास्थकर्मी लगाएतको आतिथ्यता एवं मन्तव्य रहेको थियो ।
कार्यक्रममा का.वा.नगर प्रमुख कायतले बोल्दै नागरिकको निशुल्क र सरल रुपमा स्वास्थ्य उपचार प्राप्त गर्ने अधिकार अन्र्तगत पालिका र वडा कार्यालयको सम्मोन्यमा शिविर सञ्चालन गरिएको बताउँदै यस्ता निशुल्क र गाउँघरमै हुने शिविरले आर्थिक रुपमा कमजोर तथा चेतनाको अभावका कारण उपचारबाट बञ्चित नागरिकलाई राहात पुग्ने बताउँदै यस्ता कार्यक्रम पालिकाले निरन्तर गर्दे जाने बताउनु भयो ।
विहिबार ढोरपाटन नगरपालिका ८ को सेराबाÞङमा निः शुल्क स्वास्थ्य सिविर सञ्चालन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित