
फाल्गुन ५
शुक्रबार देखिे ढोरपाटन नगरपालिकाले आयोजना गरेको ४ औँ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता शिवालय माध्यमिक विद्यालय सैखोलामा सुरु भएको छ ।ढोरपाटन नगरपालिकामा ४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद,राष्टका लागि खेलकुद” भन्ने नारासहित ढोरपाटन नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा आयोजना र शिवालय माध्यमिक विद्यालय ढोरपाटन ५ को व्यवस्थापमा शुक्रबारबाट ४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।
कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपालीले आयोजना गरिएको यस विभिन्न प्रतियोगितात्मक कार्यक्रमले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा खेलाडि उत्पादन गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले जसरी अनुशासनपुर्वक खेलाडिहरुले खेल प्रदर्शन गरेका छन् त्यसैगरी राजनिति, पढाई, शिक्षामा अनुशासित ढङ्गले आफ्नो जिम्मेवारी बहन गर्न नसके मुलुकको आर्थिक समृद्धि नहुने बताउनुभएको थियो । उहाँले खेलाडीले अनुशासनपुर्वक खेल प्रर्दशन गर्न आग्रह गर्नुभयो ।
नेपालीले शिक्षालाई सहि ढङ्गले परिचालन गर्न नसके देशको भविष्य राम्रो नभएको बताउँदै शिक्षक, अभिभावक र विद्यार्थिले आ–आफ्नो क्षेत्रबाट भुमिका निर्वाह गरे समृद्ध देश निर्माण गर्न सकिने बताउनुभयो । साथै अहिलेको प्रतियोगिता शिवालय माविबाट गरेको र अर्को बर्ष खेल क्षेत्रमार्फत ढोरपाटनलाई चिनाउनका लागि ढोरपाटनमा नै कार्यक्रम गरिने उहाँको भनाई थियो । प्रमुख नेपालीले यो ठाउँको विकास र समृद्धिका लागि धेरै कुराहरु बोल्दै आएको बताउँदै विद्यालयको लागि अझै पुर्वाधारहरु निमार्ण गर्न बाँकी रहेको बताउनुभयो ।
उहाँले आफुहरुले शिक्षामलाई सबैभन्दा महत्वपुर्ण प्राथमिकता दिएको र विद्यालयलाई अग्रेजी तथा कम्प्युटर प्रणालीको पढाईमा जोड्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै उहाँले प्रतियोगिताको व्यवस्थापनको जिम्मा लिएको शिवालय माविले यो प्रतियोगितालाई सु–सम्पन्न गर्न अपिल गनर््ुभयो ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै ढोरपाटन नगरपालिकाका उपप्रमुख धन बहादुर कायतले खेलाडीले आफुले उत्कृष्ठ खेल प्रर्दशन गरेमा राष्ट्रि«य तथा अन्तराष्ट्रि«य स्तरसम्म खेलमार्फत पुग्न सक्ने बताउनुभयो । खेलकुदमार्फत देशलाई चिनाउनका लागि खेलाडीहरुको सबैभन्दा महत्वपुर्ण भुमिका रहने बताउनुभयो । उहाँले खेल भन्दा ठुलो अनुशासन रहेको र खेलाडीहरुले अनुशासन पुर्वक आफनो खेल प्रर्दशन गर्नुपर्ने बताउँनुभयो । साथै उहाँले सम्पुर्ण सहभागि प्रतियोगिहरुलाई सफलताको शुभकामना समेत दिनुभएको थियो ।
कार्यक्रममा नगरपालिका स्तरका ११ वटा विद्यालयहरुको सहभागिता रहेको बताइएको छ । जसअन्र्तगत भलिबल प्रतियोगितमा भने छात्रतर्फ ११ समुह र छात्रातर्फ १० समुहको सहभागिता रहेको थियो । शुक्रबार भएको प्रतियोगिताबाट छात्रातर्फ न्यु मोर्डन एकेडेमी बुर्तिबाङ, प्रकाश मा वि हुन्द्रफेदी, विध्याविकास मा वि गाडीखोला र भुजि मा वि अधिकारीचौरी सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइन खेलमा न्यु मोर्डन एकेडेमी र प्रकाश मा वि, विध्याविकास मा वि र भुवि मा वि विचमा प्रतिस्पर्धा हुने भएको छ । यस्तै छात्रतर्फ भने प्रकाश मा वि, शिवालय मा वि, न्यु मोर्डन एकेडेमी र भजि मा वि सेमिफाइनमा प्रवेश गरेको छ । भने शनिबार हुने खेलमा प्रकाश मा विले–शिवालय मा वि, र न्यु मोर्डन एकेडेमीले–भुजि मा वि सँग प्रतिस्पर्धा गर्ने शिवालय मा वि सहिखोलाले जानकारी दिएको छ ।
साथै भोलि छात्र १६०० मिटर र छात्रा ८०० मिटर दौड प्रतियोगिता सँगै सम्पुर्ण प्रतियोगिताहरु सम्पन्न गर्ने बताइएको छ । कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपाली, उपप्रमुख धन बहादुर कायत र ढोरपाटन नगरपालिका शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र सापकोटालाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।
छात्र तथा छात्रा भलिवल प्रतियोगिताका विजेता टोलीले रु १२,००० को साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ९,००० कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, १,६०० मिटरको छात्र दौड प्रतियोगिताको बिजेता र उपविजेताले क्रमशः रु. २,५०० र १,५०० को साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने ८०० मिटरको छात्रा दौड प्रतियोगिताको बिजेता र उपविजेताले पनि क्रमशः रु. २,५०० र १,५०० को साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै सहभागी विद्यालयहरुलाई खाजा, नास्ता र यातायात खर्च पनि उपलब्ध गराएको छ ।
प्रतियोगिताका अघिल्ला संस्करणहरु बुर्तिबाङ बजारमा सञ्चालन हुँदै आएकोमा यस वर्षको प्रतियोगिताहरु फरक स्थानमा गर्ने गरी शिवालय मा.वि. लाई जिम्मेवारी हस्तान्तरण गरि सञ्चालन गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख ज्ञानेन्द्र प्रकाश सापकोटाले जानकारी दिनुभयो ।
प्रतियोगिताका विजेता टोलीलाई जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिताको लागि नगरपालिकाबाट सिफारिस गरिने शिक्षा शाखा प्रमुख सापकोटाले जानकारी दिनुभयो । प्रतियोगिता सञ्चालनका लागि आवश्यक बजेट भने नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० अनुसार गरेको शाखा प्रमुख सापकोटाले बताउनुभयो ।
कार्यक्रममा ढोरपाटन नगरपालिका रोजगार संयोजक हिरालाल खनाल, शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र सापकोट, ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजेश शर्मा अधिकारी, वडाध्यक्षहरु, पुर्ववडाध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, वडा सचिव, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
विद्यालय व्यवस्थापन समितका अध्यक्ष चक्र बहादुर घर्तिको अध्यक्षतामा सम्पन्न कार्यक्रम पुर्व विद्यालय प्रअ सुनमाँया घर्तिको स्वागत र नन्दराम गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।