
फाल्गुन ५ गते
तमानखोला गाउँपालिकाको आयोजनामा शुक्रबार देखि ५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ ।
गाउँपालिकाको वडा नंं. ५ स्थित शान्ती मध्यमिक विद्यालयमा विद्यालयको व्यवस्थापनमा आजदेखि विविध खेलकुदका कार्यक्रम सुरु भएको हो ।
आजआयोजित उद्घाटन सत्रको कार्यक्रमलाई गाउँपालिका अध्यक्ष जोकलाल बुढाले सम्वोधन गर्दे तमानखोला गाउँपालिकाले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको बताउनु भयो । खेलकुद क्षेत्र पनी व्याक्तिलाई अनुशासन बनाउन, स्वस्थ्य र आफुमा रहेको क्षमता प्रस्फुटन गर्ने माध्यम भएका कारण खेलकुदका कार्यक्रमलाई पनी पालिकाले प्राथमिकता दिएको बताउनु भयो
उहाँले प्रत्यक बर्ष कुल विवीयोजित वजेटको २८ प्रतिशत सम्म शिक्षा क्षेत्रमा लगानी भइरहेका कारण भौतिक विकास संगै शैक्षिक गुणस्तरलाई प्राथमिकता दिएर अगाडी बद्नु अवको अपरिहार्यता रहेको प्रस्ट पार्नुभयो । गाउँपालिकालाई अगाडी बढाउने र यहाँको समृद्धि हासिल गर्ने माध्यम शिक्षा रहेकोमा जोड दिँदै गुणस्तरीयता, सिपमुलक र व्यवहारिक शिक्षालाई जोड दिएर अगाडी बढ्नुको विकल्प नरहेको प्रस्टाउनु भयो ।
तमानखोला गाउँपालिका ३ का वडा अध्यक्ष तथा सामाजिक विकाश समिती सम्योजक झक बहादुर बुढाको अध्यक्षतामा आयोजित कार्यक्रममा विशिष्ठ अतिथी गाउँपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्याल, प्रमुख प्रशासकि अधिकृत इश्वरलाल शाक्य, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, शिक्षक, कर्मचारी लगाएतको आतिथ्यता एवं शुभकामना मन्तव्य रहेको थियो ।
कार्यक्रम शिक्षक महेश रामजालीको स्वागत, शिक्षक भुमिराज सुन्चौरीको सञ्चालनमा सम्पन्न भएको हो । आयोजित कार्यक्रमका अवसरमा तिनवटा माध्यमिक र अन्य आधारभुत तहका विद्यालयको सहभागितामा छात्र छात्र भलीवल, हाइजम्प, लङजम्प, कर्वडी,सटफुट लगाएतका कार्यक्रम हुने जनाइएको छ ।