जनता सामु राखेका प्रतिबद्धता पुरा गर्दे सांसद दोर्ण कुवंर : निर्वाचन क्षेत्रका सबै वस्तिमा केन्द्रिय विधुत पु¥याउँदै

बुर्तिबाङ फाल्गनु ३
गत मंसिर ४ गतेको निर्वाचनमा बागलुङ क्षेत्र नं. २ प्रदेश सभा २ बाट निर्वाचन जित्नुभएका माननिय सांसद दोर्ण कुमार कुवंरले आफुले निर्वाचनको सन्दर्भमा जनताको विचमा राखेका प्रतिबद्धता पुरा गर्ने अभियानमा सक्रिय पूर्वक जुट्नु भएको छ ।
गण्डकी प्रदेश सभा सांसद रहेपनी केन्द्र सम्म राम्रो पहुँच रहेका सांसद कुवंरले आफनो निर्वाचन क्षेत्रका नागरिकलाई विद्युत सेवाको सहज पहुँचमा पु¥याउनका निम्ती केन्द्रिय विद्युत जडान अभियानलाई पहल गरेसंगै आगामी तिन महिना भित्र सबै गाउँ वस्तिमा विधुत पुग्ने गरि कार्यक्रम स्विकृत भइसकेको बताउनु भयो ।

निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिका अन्र्तगत २२ वटै वडामा अवको ३ महिना भित्र केन्द्रिय विद्युत पुग्ने छ “सांंसद कुवंरले सामाजिक सञ्जाल फेसवुक मार्फत स्टाटस लेख्दै भन्नुहुन्छ १४ करोड ५७ लाखको टेण्डर आब्ह्वान भइसकेका कारण दुर्गम गाउँमा सहज विद्युत सेवा र स्थानीय लघुजलविधुत बढि मात्रामा अवरुद्ध हुने समस्याका कारण लामो समय सम्म नागरिक अन्धकारमा वस्नुपर्ने वाध्यताको अन्त्यका निम्ती आफुले केन्द्रिय विधुत गाउँगाउँमा पु¥याउने गरि अभियान अगाडी बढाएको बताउनु भयो ” ।

उहाँले अभियानमा साथ दिने माननिय सुरेन्द्र पाण्डे, दिलमाया पौवी, तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा,उपाध्यक्ष हिरा कुमारी छन्त्याल, निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्ति, भिम रोका उज्यालो अभियानका नायक कार्यकारी निर्दशक कुलमान घिसिङ, उपकार्यकारि निर्दशक मनोज शिलवाल, क्षेत्रीय निर्दशक जगदिश जोशि, बागलुङ वितरण केन्द्रका प्रमुख दिलिप मरासैनि, इन्जिनियर शंकर पाण्डे लगाएत सामाजिक अभियान्ताहरुलाई धन्यबाद दिँदै अवको आफनो लक्ष्य सालझण्डी ढोरपाटन सडक खण्ड अन्र्तगत बुर्तिबाङ ढोरपाटन खण्ड कालोपत्रे, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई १०० शैयाको अस्पत्तालमा स्तोरउन्नती, एक घर एक खानेपानी धारा निर्माण र सहज खानेपानीको पहुँच विस्तार लगाएतमा रहने प्रतिबद्धता जनाउनु भएको हो ।

प्रदेश सभामा समेत नागरिकका आवाजलाई निरन्तर समेट्दै सदन समक्ष ध्यानाकर्षण गराउने र वोलेका प्रतिबद्धता पुरा गर्ने ध्यका साथ लाग्ने सांसद कुवंर आफु पदमा नहुँदा समेत सक्रिय पूर्वक नागरिकका समस्या सम्वोधनमा लाग्दै आउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित