spot_img

प्रभा माध्यमिक विद्यालयको ६२ औँ वार्षिक उत्सव सम्पन्न

फाल्गुन २ गते
प्रभा माध्यमिक विद्यालय निसीखोला गाउँपालिका ३ बोहररागाउँको ६२ औँ बार्षिकोत्सव, अभिभावक दिवस एवं चन्दादाता अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ ।
आयोजित कार्यक्रमलाई प्रमुख अतिथीको रुपमा व्रिटिस आर्मी मेजर तथा समाजसेवी जितबहादुर हमाल ले कार्यक्रमको उद्घाटन पश्चात आफनो मन्तव्य राख्दै प्रभा माध्यमिक विद्यालयको शैक्षिक र भौतिक विकासका निम्ती निरन्तर सहयोग गर्दे जाने बताउनु भयो ।
आफुले विगतमा पनी विभिन्न निकाय संग सम्मोन्य गरेर सहयोग गरिरहेको बताउँदै विद्यालयको सुधार र निसीखोलामा क्याम्पस लेवलको पढाई सञ्चालन हुने गरी व्यवस्थापन गर्नका निम्ती थप सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।


विद्यालय व्यवस्थापन समिती अध्यक्ष रमेशविक्रम शाहीको अध्यक्षतामा सुरु भएको उद्धघाटन सत्रको कार्यक्रममा गण्डकी प्रदेशका पुर्व सांसद एवं विद्यालयका सल्लाहकार खिमविक्रम शाही, निसीखोला गाउँपालिका उपाध्यक्ष सुर्य बहादुर घर्ति, निमित्त प्रशासकिय अधिकृत दिलिप कुमार चन्द, निसीखोला गाउँपालिका पुर्व अध्यक्ष तारानाथ पौडेल गाउँपालिका का जनप्रतिनिधी, व्यवस्थापन समिती पदादिकारी, चन्दादाता, अभिभावक लगाएतको आतिथ्यता एवं शुभकामना मन्तव्य रहेको कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक नवराज आर्चाय द्धारा विद्यालयको शैक्षिक, भौतिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको हो ।

कार्यक्रमकै अवसरमा राष्ट्रिय परिक्षा वोर्डले लिएको परिक्षामा शत प्रतिशत अंक ल्याउने शिक्षक सम्मान, विद्यालयका आत्तरिक कार्यक्रममा उत्कृष्ट विद्यार्थी पुरस्कृत, विद्यार्थी, शिक्षकको नृत्य प्रतियोगिता लगाएतका प्रस्तुती रहेको थियो ।
कार्यक्रम विद्यालयका सहायक प्रध्यानाध्यापक मोहनविक्रम सापकोटाको स्वागत शिक्षक द्धय भूमिराज आर्चाय र रिम प्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित