तमानखोलामा तृतिय गाउँपालिका अध्यक्ष कप सुरु: शिक्षाको विकासबाटै समृद्ध पालिका बन्नेमा जोड

छविलाल पाण्डे फाल्गुन १
तमानखोला गाउँपालिकामा आइतबार देखि तृतिय गाउँपालिका अध्यक्ष कप सुरु भएको छ । गाउँपालिकाको वडा नं. ४ स्थित सरस्वती आधारभुत विद्यालयमा सुरु भएको कार्यक्रमको आइतबार गाउँपालिका अध्यक्ष जोकलाल बुढाले उद्ध्घाटन गर्नुभएको हो ।
आयोजित कार्यक्रमलाई सम्वोधन गर्दे अध्यक्ष बुढाले तमानखोलाको विकास र समृद्धि शिक्षाबाट मात्रै सम्भव देखिएको हुँदा शैक्षिक क्षेत्रको विकासलाई आफुहरुले पहिलो प्राथमिकता दिएर काम गरेको बताउनु भयो ।
भौगोलिक रुपमा दुर्गम , शिक्षा चेतना स्तर जस्ता कुरामा तमानखोला गाउँपालिका पछि रहेकै अवस्थामा गाउँपालिकाले भौतिक विकास तर्फ धेरै काम गरेपनी अव शैक्षिक क्षेत्रको शैक्षिक गुणस्तरलाई उकास्ने गरी काम गर्ने बताउनु भयो ।
विद्यालयको भौतिक विकाश करिव ७० प्रतिशत भइसक्यो अन्य विकास पूर्वाधारका काम पनी धेरै भइसकेका छन अव शैक्षिक गुणस्तरलाई उकास्न नसक्ने हो भने भौतिक प्रगतिले मात्रै अर्थ नराख्ने बताउँदै त्यसको निम्ती सिँगो गाउँपालिका जनप्रतिनिधी, कर्मचारी, शिक्षक, अभिभावक, विद्यार्थीले एकरुपताका साथ भुमिका निर्वाह गनुपर्नेमा जोड् दिनुभयो । अहिले सम्म घोकन्ते शिक्षा चल्दै आएका कारण अव व्यवहारिक, उत्पादन मुलक र समाज रुपान्तरण मुलक शिक्षाको विकासलाई पनी अगाडी बढाउनु पर्ने बताउनु भयो ।

कार्यक्रमकै अवसरमा गाउँपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्याल, प्रमुख प्रशासकिय अधिकृत इश्वरलाल शाक्य, सामाजिक विकाश समिती सम्योजक तथा वडा नं.३ का अध्यक्ष झक बहादुर बुढा, तमानखोला गाउँपालिका शिक्षा शाखा प्रमुख दुर्गादत्त घिमिरे, वडा नं. २ का अध्यक्ष नारायण सुनार, वडा नं. ४ का अध्यक्ष छ प्रसाद श्रीपाली, वडा नंंं. ५ का अध्यक्ष हिरा बहादुर श्रीपाली, वडा नं. ६ का अध्यक्ष चित्र प्रसाद छन्त्याल लगाएतको आतिथ्यता एवं शुभकामना मन्तव्य रहेको थियो ।

आजदेखि विविध खेलकुद तथा सांस्कृर्तिक कार्यक्रम सुरु भएका छन गाउँपालिका अन्र्तगत विभिन्न विद्यालयका विद्यार्थीको उपश्थितीमा कार्यक्रम सुरु भएको हो । हाजिर जवाफ प्रतियोगिता र समुह डान्स प्रतियोगिता सम्पन्न भएको छ । जसमा हाजिर जवाफ तर्फ शान्ति मावि प्रथम, समुह डान्स तर्फ सरस्वती आधारभतु विद्यालय प्रथम, धन गौ ज्वती मावि दिर्तिय, विष्णु आधारभुत विद्यालय तिर्तिय भएका छन ।

विभिन्न ९ विद्यालयको सहभागिता रहेको थियो । सोमवार एकल गायन र वक्तृत्व कला प्रतियोगिता हुने जनाइएको छ । उद्घाटन सत्रको कार्यक्रम चन्द्र प्रकाश सिर्पालीको अध्यक्षता, शान्ति माध्यमिक विद्यालयका प्र.अ. सत्यनारायण सिंहको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित