spot_img

हात्तिपाईले रोग निवारण : औषधि खुवाउने अभियानमा सक्रिय पूर्वक जुट्ने ढोरपाटन नगरपालिकाको अभियान

छविलाल पाण्डे
माघ २९
हात्तिपाइले रोग निवारण कार्यक्रम अन्र्तगत ढोरपाटन नगरपालिकामा पालिका स्तरीय योजना तथा बहुनिकाय गोष्ठी आइतबार बुर्तिबाङमा सम्पन्न भएको छ ।
बागलुङ जिल्लामा १३ औँ पटक सम्म हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउँदा समेत रोग उन्मुलन हुन नसकेको भन्दै फाल्गुन ११ गतेदेखि जिल्लाभर औषधी खुवाउने कार्यक्रम सुरु हुन लागेको हो ।


आयोजित कार्यक्रममा वोल्दै जिल्ला जनस्वास्थ्य कार्यलय बागलुङका जनस्वास्थ्य निरिक्षक लक्ष्मि सर्माले वोल्दै यस पटकको अभियानबाट बागलुङमा हात्तिपाईले रोग निवारण हुने गरि सबै निकायको सक्रियतामा अगाडी बद्नुपर्ने बताउँदै कसैले निरन्तर औषधि प्रयोग गर्ने र कसैले प्रयोग नगर्ने प्रवृर्तिका कारण हात्तिपाईले रोग निवारण हुन नसकेको प्रस्ट पार्नु भयो ।
लामखुट्टेका विभिन्न परिजिवीबाट लाग्ने हात्तिपाईले रोग एक सरुवा रोग भएका कारण सबै नागरिकले औषधिको सेवन गर्नुपर्ने बताउँदै यस पटकको अभियानमा जनप्रतिनिधी, शिक्षक, राजनैतिक दल, बौद्धिक वर्ग सवैले सम्मोन्य गरेर अगाडी बद्नुपर्ने बताउनु भयो ।
कार्यक्रमका अवसरमा विशिष्ठ अतिथीको रुपमा रहनुभएका ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवालीले वोल्दै ढोरपाटन नगरपालिकाका सबै नागरिकको पहुँचमा हात्तिपाइले रोग विरुद्धको औषधि पुग्ने गरी र सबै नागरिकले प्रयोग गर्ने गरि अभियानलाई अगाडी बढाउन आग्रह गर्दे यस पटकको अभियानबाट नगरपालिका पुरस्कृत हुने गरी काम गर्न अपिल गर्नुभयो ।


कार्यक्रमका अध्यक्ष एवं ढोरपाटन नगरपालिका उपप्रमुख धन बहादुर कायतले वोल्दै आफुले आफनो पालिकालाई पुरस्कृत गराउने गरि काम गर्ने प्रतिबद्धता जनाइसकेका कारण सबै नागरिकले अनिवार्य औषधिको सेवन गर्ने गरी अभियान चलाउने र जनप्रतिनिधी, कर्मचारी, शिक्षक , मिडिया, बौद्धिक वर्ग सबैले अग्रणि भुमिका खेलेर हात्ति पाईले रोग निवारण अभियानमा सरिक हुन आग्रह गर्नुभयो ।
हात्तिपाईले रोग विरुद्धको औषधि सेवन कार्यक्रम बागलुङ जिल्लामा यो पटक १४ औँ पटक हो । जिल्लामा धेरै मानिसहरु हात्ति पाईले संक्रमित रहेको र यो रोग लागिसकेपछि निको नहुने भएका कारण हेलचक्रयाँई गर्न नहुनेमा वक्ताहरुले जोड दिएका हुन । जिल्लाबाछ १ प्रतिशत भन्दा कम मानिसमा यो रोगको संक्रमण दर झरेमा मात्रै हात्तिपाईले रोग निवारण भएको मानिने बताइएको हो ।


हात्तिपाईले रोगत विरुद्धको औषधी दुई बर्ष मुनिका वच्चा, दिर्घ रोगी, औषधि शेवन गरिरहेका व्यक्ति वाहेकले प्रयोग गर्न मिल्ने वताउँदै औषधिकै कारण कुनै असर नपर्ने स्वास्थ्य कमीृले बताएका छन ।

ढोरपाटन नगरपालिका स्वास्थ्य सम्योजक केशव थापाको स्वागत रहेको कार्यक्रममा जनप्रतिनिधी, राजनैतिक दल, पत्रकार, प्रहरी, स्वास्थ्य कर्मी, शिक्षक कर्मचारी लगाएतको उपश्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित