Home Blog Page 13

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक विजयी

0

 

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको छ । ओलीले १ हजार ६६३ मत र अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गर्नुभएको हो ।

ओली तेस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँ २०७१ सालमा सम्पन्न नवौं महाधिवेशनमा माधव नेपाललाई ४४ मतले पराजित गर्दै पहिलो पटक अध्यक्षमा निर्वाचित हुनुभएको थियो । २०७८ सालमा उहाँ दोस्रो पटक अध्यक्ष चुनिनुभयो । २०६५ सालमा आयोजित आठौं महाधिवेशनमा भने ओली झलनाथ खनालसँग पराजित हुनुभएको थियो ।

पूर्वमहासचिवसमेत रहनुभएका ईश्वर पोखरेलले भने अध्यक्ष पदका लागि पहिलो पटक प्रतिस्पर्धा गर्नुभएको हो ।

१९ जनामध्ये उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई बाहेक सबै ओली समूहबाट निर्वाचित हुनुभएको छ ।

पाँच जना उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद पौडेल, रामबहादुर थापा बादल, गोकर्ण विष्ट र रघुजी पन्त विजयी हुनुभयो ।

महासचिवमा सुरेन्द्रप्रसाद पाण्डेलाई पराजित गर्दै शङ्कर पोखरेल निर्वाचित हुनुभएको छ । यसअघि पनि महासचिव रहेका पोखरेलले १ हजार २२८ मत र पाण्डेले ९९९ मत प्राप्त गर्नुभएको छ ।

तीन सदस्यीय उपमहासचिव पदमा लेखराज भट्ट, योगेश भट्टराई र रघुवीर महासेठ विजयी हुनुभएको छ ।

नौ सदस्य रहेको सचिव पदमा महेश बस्नेत, पद्माकुमारी अर्याल, शेरधन राई, यामलाल कँडेल, राजन भट्टराई, छविलाल विश्वकर्मा, खगराज अधिकारी, हिक्मत कार्की र भानुभक्त ढकाल विजयी हुनुभएको छ ।

एमाले महाधिवेशनमा २ हजार २ सय ६३ महाधिवेशन प्रतिनिधि रहेकामा ३६ जना प्रतिनिधिले भोट हालेनन् ।

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

0

उच्च अदालत बुटवल तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटी रकम बुझाएर रिहा गर्न आदेश दिएको छ।

बिहीबार न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले रवि लामिछानेले गरेको निवेदनअनुसार बिगो बमोजिमको धरौटी रकम बुझाएर छाड्न आदेश दिएको हो।

‘उहाँले पेस गर्ने भनेको धरौटी स्वीकार्ने आदेश भयो,’ अदालतका रजिस्ट्रार अमित उप्रेतीले सेतोपाटीसँग भने, ‘उनले राख्ने भनेको दुई करोड ६८ लाख र जिल्ला अदालतले कायम गरेको एक करोड बढीको रकम राखेबापत छाड्ने भनिएको छ।’

उनले अब रिहा हुनका लागि जिल्ला अदालत रूपन्देहीमा पुन: निवेदन दिन पर्ने भएको छ। उक्त निवेदनमार्फत धरौटी बुझाएपछि मात्रै छुट्ने भएका हुन्।

संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा सर्वोच्च अदालतबाट कारण देखाऊ आदेश

0

प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरे लगायतले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

मङ्सिर २३ गते दायर भएकाे रिटमा आज सुनुवाइ गर्दै संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । रिटमा संविधानले प्रतिबन्धित गरेको व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गरी असंवैधानिक व्यक्तिको सिफारिशमा संविधानविपरीत संसद् विघटन गरिएकाले तत्काल पुनर्स्थापनाको माग पनि गरिएको छ ।

त्यस्तै प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै बदर गरी ठूलो दलको हैसियतमा कांग्रेस संसदीय दलको नेतालाई प्रधानमन्त्री बनाउनसमेत माग गरिएको छ ।

 

रिठाखोला लघुजलविद्युत सहकारी संस्था को बार्षिक साधारण सभा

0

 रिठाखोला लघु जलविधुत सहकारी संस्था ढोरपाटन नगरपालिका ३ को पाचौँ वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष गौरीश्वर पाण्डेको अध्यक्षतामा आयोजीत कार्यक्रममा जेष्ठ शेयर सदस्य लोक बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

२०७६ सालमा स्थापना भएको सहकारी संस्थाले बचत र ऋणको कारोबार संगै २९८ जना सेयर सदस्यबाट बार्षिक ८० लाख रुपैयाँ बराबरको कारोबार गर्दे आइरहेको हो । कार्यक्रमका अवसरमा उत्कृष्ट बचत कर्ता,अशल ऋणी , जेष्ठ नागरिक र कर्मचारी सम्मान गरीएको छ ।

संस्थाका अध्यक्ष द्धारा संस्थागत प्रगति प्रतिवेदन र भावी लक्ष्य सहितको प्रतिवेदन, सचिब संगा घर्तिद्धारा संस्थाको प्रगति प्रतिवेदन कोषाध्यक्ष खिमलाल भुसाल द्धारा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।

कार्यक्रममा अतिथि लेखा संयोजक काजीमान वि.क., लेखा समिती सचिव खुम बहादुर छन्त्याल, उपाध्यक्ष नर बहादुर सुनार लगायतको शुभकामना मन्तव्य रहेको कार्यक्रम संस्थाका प्रबन्धक नारायण घर्तिको स्वागत सचिव गंगा घर्तिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड बानपालाई

0

 

बागलुङ जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड बागलुङ नगरपालिकाले जितेको छ ।

शनिबार सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बागलुङ नगरपालिकाले ४८ पदक सहित रनिङ शिल्ड जितेको हो । नगरपालिकाले २१ स्वर्ण, १६ रजत र ११ काश्य सहित ४८ पदक जितेको हो ।

बागलुङ नगरपालिकाले एथलेटिक्स तर्फ ७ स्वर्ण, ६ रजत, ४ काश्य जितेको छ । भलिबल तर्फक एक काश्य, कबड्डी तर्फ १ स्वर्ण, १ रजत, तेक्वान्दो तर्फ ११ स्वर्ण, २ रजत र ३ काश्य, कराँते तर्फ २ स्वर्ण, ६ रजत र ३ काश्य जितेको छ ।

दोस्रोमा बडिगाड गाउँपालिका भएको छ । बडिगाड गाउँपालिकाले ८ स्वर्ण, ८ रजत र १५ काश्य गरि ३१ प्दक जितेको छ । पालिकाले एथलेटिक्स तर्फ ५ स्वर्ण, ५ रजत, १ काश्य, कबडी तर्फ एक काश्य, तेक्वान्दो तर्फ २ रजत, ६ काश्य, कराँते तर्फ ३ स्वर्ण, २ रजत र ७ काश्य जितेको खेलकुद विकास समितिका अध्यक्ष कृष्ण प्रसाद कँडेलले बताए ।

तेस्रोमा जैमिनी नगरपालिका भएको छ । ५ स्वर्ण, ८ रजत र १४ काश्य गरि २७ पदक जितेको छ ।

नगरपालिकाले एथलेटिक्स तर्फ ४ स्वर्ण, २ रजत, ५ काश्य, भलिबल तर्फ १ स्वर्ण, कबड्डी तर्फ २ काश्य, तेक्वान्तो तर्फ ६ रजत, ६ काश्य, जितेको छ ।

ढोरपाटन नगरपालिकोले ६ स्वर्ण, ६ रजत र ७ काश्य गरि १९ पदक जितेको छ । ढोरपाटनले एथलेटिक्स तर्फ २ स्वर्ण, ४ रजत, २ काश्य, भलिबल तर्फ १ रजत, कराँतो तर्फ ४ स्वर्ण, १ रजत र ५ काश्य जितेको छ ।

गलकोट नगरपालेपनि ४ स्वर्ण, ४ रजत र ११ काश्य गरि १९ पदक जित्न सफल भएको छ । गलकोट नगरपालिकलो एथलेटिक्स तर्फ ३ स्वर्ण, २ रजत र ६ काश्य जितेको छ । भलिबल तर्फ १ काश्य, कबड्डी तर्फ १ स्व्र्ण, १ रजत, तेक्वान्दो तर्फ १ रजत र ४ काश्य जितेको छ ।

काठेखोला गाउँपालिाले ४ स्वर्ण, ४ रजत र ७ काश्य गरि १५ पदक जितेको छ । पालिकाले एथलेटिक्स तर्फ १ स्वर्ण, १ रजत, २ काश्य, भलिबल तथर्फ १ रजत, तेक्वान्दो तर्फ १ रजत, कराँते तर्फ ३ स्वर्ण, १ रजत, ४ काश्य जितेको छ ।

बरेङ गाउँपालिकाले ४ स्वर्ण, २ रजत र ७ काश्य गरि १३ पदक जितेको छ । पालिकाले एथलेटिक्स तर्फ ३ स्वर्ण, ५ काश्य, भलिबल तर्फ १ स्वर्ण, तेक्वान्दो तर्फ १ स्वणृ जितेको छ ।

निसीखोला गाउँपालिकाले २ स्वर्ण, २ रजत र ३ काश्य गरि ७ पदक जितेको छ । पालिकाले एथलेटिक्स तर्फ २ स्वर्ण, २ रजत र १ काश्य जितेको छ । कबड्डी तर्फ १ रजत जितेको छ ।

ताराखोला गाउँपालिकाले बिहिबारसम्म प्रतियोगितामा सहभागि नहुने बताएपनि विद्यालयको पहलमा केही प्रतियोगितामा सहभागिता जनाएको थियो । त्यसमध्ये २ स्वर्ण र १ काश्य सहित ३ पदक जित्न सफल भएको छ । पालिकाले एथलेटिक्स तर्फ १ स्वर्ण र १ रजत, तेक्वान्डो तर्फ १ स्वर्ण जितेको छ ।

तमानखोला गाउँपालिकाबाट भने कुनैपनि खेलाडी प्रतियोगितामा सहभागि जनाएनन् ।

क्षेत्र नम्बर २ बागलुङ बाट तीन हजार ३२७ जनाले गरे कांग्रेसको सदस्यता नवीकरण ।

0

बुर्तिबाङ मंसिर २७ गते
नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ ले क्रियाशील सदस्यको नवीकरण गरि जिल्ला कार्यसमितिमा बुझाएको छ । गत वर्ष पौषमा सदस्यता नवीकरण गर्नका लागि वडा–वडामा फाराम पुगेको थियो । क्षेत्रीय समितिले तीन हजार ३२७ जनाको नवीकरण गरि जिल्ला सभापती जीत बहादुर शेरचनलाई बुझाएको हो ।

क्षेत्रीय सभापति जोकलाल बुढाका अनुसार गलकोट नगरपालिकाबाट एक हजार २६२, ढोरपाटन नगरपालिकाबाट ५११, बडिगाड गाउँपालिकाबाट ६२४, निसीखोला गाउँपालिकाबाट ४३७, तमानखोला गाउँपालिकाबाट ३२३ र ताराखोला गाउँपालिकाबाट १७० जनाको नवीकरण भएको छ ।

नयाँ क्रियाशील सदस्यका लागि सबै वडामा तीन हजार १०० फाराम पठाइसकेको सभापति बुढाको भनाइ छ । नयाँ सदस्यता आगामी पौष ८ गते भित्रै गरि क्षेत्रीय समितिमा आउनु पर्ने उनले बताए । वडा अधिवेशन पौष १६ गते हुँदा नयाँ सदस्यता छिटो वितरण गर्नु पर्ने बाध्यता रहेको सभापति बुढाको भनाइ छ ।

सिवाइसी साकोस बुर्तिबाङ सेवा केन्द्रको आयोजनामा १६ औँ साधारण सभा सम्पन्न ।

0

बुर्तिबाङ मंसिर २७ गते
सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको १६ औँ बार्षिक साधारण सभा बुर्तिबाङ सेवा केन्द्रमा शनिबार सम्पन्न भएको छ ।
सेवाकेन्द्र व्यवस्थापन समिती संयोजक अविन महतको अध्यक्षतामा आयोजीत कार्यक्रमका अवसरमा संस्थाका सेयर सदस्य केशवलाल पुनले दिप प्रज्वलन गर्दे कार्यक्रमको सुभारम्भ गर्नुभएको हो ।

२०६६ सालमा स्थापना भएको सहकारी संस्थाले बागलुङ सहित म्याग्दी र पर्वत गरी २५ सेवा केन्द्र मार्फत सत्ताइस हजार सेयर सदस्य संग कारोबार गर्दे आइरहेको छ । गत मंसिर १८ गतेदेखि विभिन्न सेवा केन्द्रमा साधारण सभा सम्पन्न गरेको सहकारी बुर्तिबाङ सेवा केन्द्रमा समेत सम्पन्न गरेको हो ।

“घर घर र विद्यालयमा उद्यम फैलाऔँ गरीवीलाई शुन्य बनाऔँ ”भन्ने नारासहित अगाडी बढेको सहकारीले आर्थिक बर्ष २०८१÷०८२ को असार मशान्त सम्म कुल १ अर्ब ८७ करोड २० लाख ३९ हजार ८ सय २८ रुपैयाँ बराबरको आर्थिक कारोबार गर्न सफल भएको हो ।
कार्यक्रममा विशिष्ठ अतिथीको रुपमा केन्द्रीय उपाध्यक्ष सिता शर्माले बोल्दै सिवाइसी सहकारी हुने खाने र हुँदा खाने वर्ग विचको दुरीलाई नजिक बनाएर आर्थिक रुपमा समृद्ध बनाउनका निम्ती स्थापना भएको बताउँदै सेयर सदस्यको मर्म र भावना अनुसार अगाडी बढ्दै आइरहेको बताउनु भयो ।

कार्यक्रममा केन्द्रिय सह सचिव सुवास आर्चाय, निवर्तमान केन्द्रिय समिती सदस्य मेशलाल शर्मा, पत्रकार छविलाल पाण्डे, समाजसेवी लोक बहादुर कुवँरको शुभकामना मन्तव्य रहेको थियो ।

संस्थाले उत्कृष्ट बचत कर्ता, नियमित ऋण भुक्तानी गर्ने ऋणी र बाल बचत कर्तालाई सम्मान गरेको छ । कार्यक्रममा संस्थाका सचिव चन्द्र कुमार गौतमद्धारा संस्थाको प्रगती प्रतिवेदन, कोषाध्यक्ष केशकुमारी बुढा द्धारा आर्थिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।

बुर्तिबाङ सेवा केन्द्रमा १ हजार ३ सय ५० सेयरु सदस्य र आर्थिक बर्ष २०८२ को असार मशान्त सम्म एक बर्षमा १ करोड ७८ लाख ९८ हजार १२० रुपैयाँको आय र १ करोड २४ लाख ४४ हजार ७१६ रुपैयाँ खर्च भई ५४ लाख ८६ हजार ४०४ रुपैयाँ मुनाफा गर्न सफल भएको जनाइएको छ ।
कार्यक्रम सेवाकेन्द्र सचिव चन्द्र कुमार गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

कांग्रेस बागलुङ क्षेत्र नम्बर १ बाट १७ जनाको नाम सिफारिस

0

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले बागलुङ क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस गरेको छ ।

समानुपातिकतर्फ ७ जना र राष्ट्रिय सभाका लागि २ जनाको नाम सिफासि भएको हो । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्देशन अनुसार बागलुङ क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितिको बिहीवार सम्पन्न वैठकले उमेदवार सिफारिस गरेको क्षेत्रीय सभापति चण्डी प्रसाद शर्मा पौडेलले जानकारी दिनुभयो ।

क्षेत्रीय कार्यसमितिले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ किरणराज शर्मा पौडेल, जगन्नाथ आचार्य, दल बहादुर श्रीस राना, प्रकाश शर्मा पौडेल, भीम श्रीस, मणिभद्र शर्मा कंडेल, सागर परियार, सुजन सापकोटा, सितादेवी सापकोटा कंडेल र हरिप्रसाद आचार्यलाई सिफारिस गरेको छ । यस्तै प्रतिनिधिसभा समानुपातिकतर्फ पदम बहादुर पुन, पार्वती आचार्य, डा.राम बहादुर केसी, रत्ना शेरचन, शकुन्तला शर्मा, शेर बहादुर विश्वकर्मा र हरिप्रसाद श्रेष्ठलाई सिफारिस गरिएको छ ।

कांग्रेसले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यका लागि इन्द्रराज पौडेल र विष्णु पौडेल (दारी) लाई सिफारिस गरिएको क्षेत्रीय सभापति पौडेलले जानकारी दिनुभयो । क्षेत्रीय कार्यसमितिले जिल्ला कार्यसमितिमा सिफारिस गरेको छ, जिल्लाले क्षेत्रीय समितिको सिफारिस अनुसार नै केन्द्रमा पठाउछ, पौडेलले भन्नुभयो ।

निसीबाट सवारी ज्यान तथा सरकारी छाप दस्तखत मुद्दाका प्रतिवादी पक्राउ।

0

 बुर्तिबाङ मंसिर २५ गते

२०७३ सालमा सवारी ज्यान तथा सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार रहेका निसीखोला गाउँपालिका ६ का गौ बहादुर बि.क. लाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले प्रकाउ गरी जिल्ला पठाएको छ ।

प्रहरी निरीक्षक तिलक मानन्धरको कमान्डमा विशेष सुचनाको आधारमा खटिएको टोलीले बि.क.लाई प्रकाउ गरेको हो । २०८१ साउन २३ गतेको जिल्ला अदालतको सवारी ज्यान तथा सरकारी छाप दस्तखत किर्ते मुदामा दुई बर्ष ६ महिना जेल र दुई हजार ५० रुपैयाँ जरिवाना तोकिएको थियो ।

अदालतको तोकेको आदेश बमोजिम उपस्थित नभएपछि प्रहरीले प्रकाउ गरेर फैसला कार्यान्यनका निम्ती जिल्ला कारागार बागलुङ चलान गरीएको प्रहरीले जनाएको छ ।

ढोरपाटनमा पथ प्रदर्शक ट्रेकिङ गाइड तालिम ।

0

ढोरपाटन मंसिर २३ गते

विवाइसी बागलुङ अन्तरगत दिगो पर्यटन प्रवर्धन परियोजना अन्तरगत ढोरपाटन क्षेत्रको विकास र पर्यटन प्रर्वद्धन गर्ने उदेश्य सहित १५ दिने आधारभूत पथ प्रदर्शक ट्रेकिङ गाइड तालिम ढोरपाटनमा सम्पन्न भएको छ ।

विवाइसी कार्यसमिति सदस्य प्रेम के.सी.को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा क.सी.ले बोल्दै पर्यटक पथ प्रदर्शकको क्षमता अभिवृद्धिका लागि तालिम आयोजना गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पर्यटकलाई सही जानकारी दिने पथ प्रदर्शक नै खास पर्यटनदूत हुन् । उनीहरूले पर्यटकलाई गर्ने व्यवहार र सूचनाले नै नेपालबारे उनीहरूको दृष्टिकोण बन्छ । ढोरपाटनको छवि कस्तो बनाउने भन्ने कुरा पनि जोडिन्छ । त्यसैले यो तालिम आफंैमा महत्वपूर्ण छ ।’ तालिमबाट पथ प्रदर्शकले थुप्रै व्यावहारिक ज्ञान र पर्यटनका नयाँ आयामबारे जानकारी प्राप्त गरेको क.सी.ले बताउनुभयो ।

ढोरपाटन सिकार आरक्षका सहायक संरक्षण अधिकृत पशुपति अधिकारीले बोल्दै परियोजनाले प्रदान गर्ने तालिमले ढोरपाटन क्षेत्रको पर्यटन क्षेत्रमा जनशक्ति उत्पादन भएको भन्दै तालिमबाट सम्बन्धित क्षेत्रमा काम गरिरहेका व्यक्तिको व्यक्तित्व विकासका साथै नयाँ परिवर्तनबारे जानकारी हुने बताउनुभयो ।

तालिममा ढोरपाटन उपत्यका सहित बुकि पाटनहरुमा ४ दिन सम्म प्रयोगात्मक सीप विकास संगै सिकाइएको छ । स्थानीय २६ जनाले तालिम हासिल गरेका हुन । परियोजनाले कुक तालिम, बेकरी तथा कफि बनाउने, होम स्टे सञ्चालन व्यवस्थापन, पथ प्रदर्शक ट्रेकिङ गाइड तालिम लगाएतका सिप विकास र उद्यम संग जोड्नका निम्ती सीप विकास उपलब्ध गराउँदै आएको छ ।

ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकालाई कार्यक्षेत्र बनाएर काम गरिरहेको परियोजनाले ढोरपाटन क्षेत्रको दिगो विकास, पर्यटन पर्वदन र उद्यम संग जोड्न भूमिका खेल्दै आएको दिगो पर्यटन पर्वदन परियोजनाका प्रतिनिधी विष्णु पौडेलले बताउनु भयो ।

ृ ृ ृ