बिहिबार हुने निर्वाचनका लागि बुधबार मतदान केन्द्रहरु निर्माण गरिएको छ । निर्वाचनमा खटिएका कर्मचारी र स्थानीय मिलेर केन्द्र निर्माण गरेका छन् ।
उनीहरुले तोकिएको सिमा भित्र मतदान गर्ने, भीड हुन नदिने रेखांकन गरीएको हो ‘मतदान केन्द्र भित्र भीड हुन नदिने गरी काम गरीएको छ । ‘गेट बाहिरै बाट रुजु भएको मतदाता आएर फर्कने व्यवस्था बनेको छ ।’ त्यसका लागि राजनीतिक दलको एजेन्टहरुलाई समेत जानकारी गराइएको हो ।मंगलवार मतदान केन्द्रमा राजनीतिक दल र स्थानीय अगुवाहरुको सर्वपक्षिय भेला गरेर आवस्यक आचारसंहिता पनि बनाइएको छ । निर्वाचन आयोगले तोकेका आचारसंहितालाईपनि पुर्ण पालना गर्ने गरी सर्बपक्षिय भेला सहमतिमा आएको हो । बिहिवार सबै मतदान केन्द्र व्यवस्थित रुपमा बनाइसकिएको क्षेत्र नंं १ का सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माले जानकारी दिए ।

यस अघि मतगणनास्थलमा सिसि क्यामेरा जडान गरेर फलामे तार लगाइसकिएको छ । मतदान अघि शान्तिपुर्ण भएपनि मतगणनामा बढी समस्या आउन सक्ने भन्दै पक्की तारबार लगाइएको हो । त्यसकालागि सभाहलमा ड्रिल मेसिन लगाएर फलामका पोल गाडिएको र सोही पोलमा जाली समेत लगाएपछि सुरक्षित बनाइएको हो ।
क्षेत्र नंं २ कालागि पनि ढोरपाटन नगरपालिका १ को कुतथाप्लामा रहेको साना सहरी बिकास आयोजनाको कार्यालयमा फलामे तार लगाएर मतगणना स्थल बनाइएको हो । यो कार्यालयमा डेढ महिना देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । निर्वाचनमा हुन सक्ने सबैखाले समस्या समाधानकालागि अन्तिम तयारी भैसकेको निर्वाचन अधिकृत भीमप्रसाद सुवेदीले जानकारी दिए । निर्वाचन अधिकृतको कार्यालय र मतगणना केन्द्र सशष्त्र प्रहरीले सुरक्षा दिइरहेको छ ।

बगलुङमा ९४ हजार ८ सय ६ जना पुरुष र ९८ हजार ५ सय ७४ महिला गरी १ लाख ९३ हजार ३ सय ८१ मतदाता छन् । बिहिवारको निर्वाचनकालागि १ सय ३२ मतदान स्थल तोकिएको छ । जिल्ला कारागार र जिल्ला समन्वय समितिमा अस्थायी मतदान केन्द्र तोकिएको मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले जानकारी दिइन् ।










