ढोरपाटनमा आजदेखि प्रथम आलु महोत्सव तथा जनैपूर्णिमा मेला सुरु ।

छविलाल पाण्डे, ढोरपाटन

बागलुङको पर्यटकीय तथा धार्मिक क्षेत्र ढोरपाटन उपत्यकामा आजदेखि प्रथम आलु महोत्सव तथा जनैपूर्णिमा मेला–२०८३ सुरु हुँदैछ। ढोरपाटन नगरपालिकाको आयोजनामा हुने महोत्सव तथा मेलामा विभिन्न खेलकुद, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिने भएको छ।

यसअघि भदौ ८ गतेदेखि नै मेला सुरु गर्ने तयारी गरिए पनि विविध कारणले कार्यक्रम केही दिनपछि सारिएको ढोरपाटन नगरपालिका–६ का अध्यक्ष तथा खेल संयोजक उमेश बुढाले जानकारी दिनुभयो।

महोत्सवअन्तर्गत हुने वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा १६ समूह सहभागी भएका छन्। उक्त प्रतियोगिताको विजेताले नगद २ लाख १ हजार १ सय ११ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

त्यस्तै, खुला जिल्ला स्तरीय महिला भलिबल प्रतियोगितामा ६ समूह, वडा स्तरीय पुरुष भेट्रान्सतर्फ १२ समूह र सेभेन ए साइड फुटबल प्रतियोगितामा १८ समूहको सहभागिता रहेको आयोजकले जनाएको छ।

आजदेखि फुटबल, वडा स्तरीय पुरुष भेट्रान्स तथा महिला भलिबल प्रतियोगिता सुरु गर्ने कार्यक्रम तय भएको ढोरपाटन नगरपालिका–२ का अध्यक्ष भेकबहादुर खत्रीले बताउनुभयो।

महोत्सवमा खेलकुदसँगै दोहोरी गीत, पुरुष तथा महिला छेलो, पुरुष दौड, घोडा दौड, आलु प्रदर्शनी तथा महोत्सव, डान्स आइडल, पञ्चेबाजा, मायाली भाका, जीवनसंगिनी बोकेर दौड, रस्साकस्सी लगायतका कार्यक्रमसमेत आयोजना गरिने भएको छ।

जनैपूर्णिमाको अवसर पारेर आयोजना गरिएको महोत्सवको औपचारिक उद्घाटन भने भोलि जनैपूर्णिमाको दिन हुने भएको छ। आयोजकका अनुसार गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले कार्यक्रमको उद्घाटन गर्नुहुनेछ।

यसैबीच, जनैपूर्णिमा पर्वको अवसरमा ढोरवराह मन्दिरको दर्शन तथा पूजापाठका लागि देशका विभिन्न स्थानबाट श्रद्धालु भक्तजनहरू ढोरपाटन पुग्न थालेका छन्। जनैपूर्णिमाका दिन ढोरवराह मन्दिरमा दर्शन तथा पूजापाठ गर्ने र भाकल गरेमा मनोकामना पूरा हुने जनविश्वास रहेकाले हरेक वर्ष ठूलो संख्यामा भक्तजन ढोरपाटन पुग्ने गरेका छन्।

पर्यटन, धार्मिक आस्था, स्थानीय उत्पादन तथा संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको महोत्सवले ढोरपाटनको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img