पश्चिम बागलुङका अग्रज नेता दिलेन्द्र रामजालीको निधन

बुर्तिबाङ, साउन ११ – पश्चिम बागलुङका अग्रज राजनीतिक व्यक्तित्व तथा नेपाली कांग्रेसका नेता दिलेन्द्र रामजालीको ७४ वर्षको उमेरमा गएराति निधन भएको छ।

निसीखोला गाउँपालिका–१ देविस्थान निवासी रामजाली विगत एक वर्षदेखि श्वासप्रश्वाससम्बन्धी समस्या र सेतो रगत (ल्युकेमिया) सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो। उपचारका क्रममा आफ्नै निवासमा उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

रामजालीले २०३५ सालदेखि करिब चार दशकसम्म सक्रिय राजनीतिक जीवन बिताउँदै स्थानीय विकास, जनप्रतिनिधित्व र समाज परिवर्तनका अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। २०३५ सालको निर्वाचनमा वडा अध्यक्ष निर्वाचित हुनुभएका उहाँ २०४३ सालको पञ्चायत निर्वाचनमा देविस्थान गाविसको उपप्रधानपञ्च बन्नुभएको थियो।

बहुदलीय व्यवस्थापछि पनि उहाँले नेपाली कांग्रेसको संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्दै क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हाल्नुभएको थियो। साथै जिल्ला समन्वय समिति बागलुङ (तत्कालीन जिल्ला विकास समितिको संरचनाअनुसार) मा उपसभापतिको जिम्मेवारीसमेत निर्वाह गर्नुभएको थियो।

पछिल्लो करिब एक दशकदेखि सक्रिय राजनीतिबाट केही टाढा रहँदै उहाँ कृषि क्षेत्रमा संलग्न हुनुहुन्थ्यो। उहाँको निधनले पश्चिम बागलुङले एक अनुभवी राजनीतिक व्यक्तित्व तथा समाजसेवी गुमाएको भन्दै स्थानीयवासी, राजनीतिक दलका नेता तथा शुभेच्छुकहरूले दुःख व्यक्त गरेका छन्।

रामजालीको निधनप्रति विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्था तथा स्थानीयवासीहरूले गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img