पौष १८ गते बुर्तिबाङ

बुर्तिबाङ अस्पतालद्वारा न्यनतम सेवा मुल्याँकन सम्बन्धी ९ औँ मूल्याङ्कन प्रस्तुतीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य केन्द्र पोखराको आयोजनाका कार्यक्रम सम्पन्न भएको हो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमल भुसालको अध्यक्षतामा आयोजित कार्यक्रममा गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका स्वास्थ्य प्रशासक डा.रमेश कुमार केशि को प्रमुख आतिथ्यमामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै डा.रमेश कुमार केशि ले बुर्तिबाङ अस्पताल क्रमिक रुपमा व्यवस्थित हुँदै गइरहेको बताउँदै यसको सेवा विस्तारमा अझ थप व्यवस्थित बनाएर अगाडि बढिने बताउनु भयो ।
सेवा प्रवाह भएको एक वर्षमा धेरै उपलब्धि भइसकेको बताउँदै सेवा प्रवाह, आन्तरिक व्यवस्थापन , समिति गठन प्रकृया लगायतका काम निरन्तर अगाडि बढिसकेका कारण अस्पतालको क्षमता अनुसार आवश्यक बाँकी रहेका काम पुरा गरेर अगाडि बढाउन मन्त्रालय तत्पर रहेको प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा विशिष्ट अतिथि धौलागिरी प्रादेशिक अस्पताल बागलुङका कन्सल्टेन्ट डा. संकर राज लामिछानेले बोल्दै बुर्तिबाङ अस्पतालको विगतको अवस्था सुधार भएका पक्ष र सुधार गर्नुपर्ने पक्षका विषयमा प्रस्तुतीकरण गर्नुभएको हो । बुर्तिबाङ अस्पताल प्रशासनिक र सेवा प्रवाहमा धेरै सुधार भइसकेको बताउँदै बाँकी अधुरा कामलाई क्रमिक सुधार गरेर अगाडि बढ्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा बुर्तिबाङ अस्पतालका प्रमुख डा. अविनाश पोख्रेलले अस्पताल निर्माण देखि हालसम्मको अवस्था, सुधार गरिएका पक्ष र राज्यसँग गरिएका अपेक्षाका विषयमा प्रस्तुतीकरण गर्नुभएको हो ।
अस्पतालमा औषधी व्यवस्थापन भइरहेको ७२ जना कर्मचारी व्यवस्थापन गरिएको, प्रशासनिक व्यवस्थापन क्रमिक व्यवस्थित बन्दै गइरहेको बताउँदै दरबन्दी अनुसारका स्वास्थ्य कर्मी र कर्मचारी अभाव हुँदा अझैपनि आर्थिक प्रशासन देखि विशेषज्ञ डा. नभएको बताउनु भयो ।
कार्यक्रममा गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका पदाधिकारी, ढोरपाटन नगरपालिका १ का अध्यक्ष वान बहादुर छन्त्याल, बुर्तिबाङ अस्पतालका कर्मचारी, पत्रकार लगायतका सहभागिता रहेको थियो । कार्यक्रम हिमाल रोका मगरको सञ्चालनमा सम्पन्न भएको हो ।









