सिटिजन लाइफ बागलुङद्धारा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम खर्वाङमा ।

 

बुर्तिबाङ पौष ११ गते

सिटिजन लाइफ बागलुङ शाखा द्धारा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम बडिगाड गाउँपालिका २ खर्बाङमा बिहीबार सम्पन्न भएको छ ।

कम्पनीको ८ औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगत कम्पनीले विभिन्न सामाजिक क्षेत्रमा काम गरेको हो ।

जसअन्तर्गत बागलुङ शाखाले स्वस्थ मन, स्वस्थ जीवन भन्ने नारा सहित स्थानीय जनप्रतिनिधि, शिक्षक, कर्मचारी र स्थानीय नागरिक सहित ७० जनाको बिचमा कार्यक्रम गरिएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बागलुङ शाखा प्रमुख कमला देवी शर्माले बताउनु भयो ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी गण्डकी प्रदेश प्रमुख छवि पौडेलको अध्यक्षता, बडिगाड गाउँपालिका २ का अध्यक्ष ढाल प्रसाद शेरचनको प्रमुख आतिथ्यमामा आयोजित कार्यक्रममा प्रमुख अतिथि शेरचनले बोल्दै समाज रूपान्तरणका निम्ती र सबैमा सचेतना वृद्धिका निम्ती यस्ता कार्यक्रमले महत्वपूर्ण टेवा पुर्याउने बताउनु भयो ।

सिटिजन लाइफ इन्स्योरेन्सले मानिसको जीवन सुरक्षा सँगै सचेतना पनि गरिरहेको बताउँदै मानिसको जीवनमा हुन सक्ने जोखिम हस्तान्तरणका निम्ती बीमा अपरिहार्य रहेको बताउनु भयो ।

कार्यक्रमका अध्यक्ष प्रदेश प्रमुख छवि पौडेलले बोल्दै सिटिजन लाइफ इन्स्योरेन्सले देशभरका मानिसलाई जीवन बीमामा जोड्दै समाज सँग हातेमालो गरेर अगाडि बढिरहेको बताउनु भयो ।

कम्पनीले सामाजिक दायित्व अन्तरगत विभिन्न सेवा, स्वास्थ्य शिविर, स्टेसनरी हस्तान्तरण, खेलकुद लगायत थुप्रै क्षेत्रमा समुदाय सँग समन्वय गरेर काम गरिरहेको बताउनु भयो ।

कार्यक्रममा मनोपरामर्श कर्ता तथा खुसी मन बागलुङका अध्यक्ष नारायण प्रसाद शर्माले मनो परामर्शको सन्दर्भमा प्रशिक्षण दिनुभएको हो । कार्यक्रम कम्पनीका एजेन्सी म्यानेजर गिता पोख्रेलको स्वागत, नारायण आर्चाय को सहजिकरणमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img