नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक विजयी

 

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको छ । ओलीले १ हजार ६६३ मत र अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गर्नुभएको हो ।

ओली तेस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँ २०७१ सालमा सम्पन्न नवौं महाधिवेशनमा माधव नेपाललाई ४४ मतले पराजित गर्दै पहिलो पटक अध्यक्षमा निर्वाचित हुनुभएको थियो । २०७८ सालमा उहाँ दोस्रो पटक अध्यक्ष चुनिनुभयो । २०६५ सालमा आयोजित आठौं महाधिवेशनमा भने ओली झलनाथ खनालसँग पराजित हुनुभएको थियो ।

पूर्वमहासचिवसमेत रहनुभएका ईश्वर पोखरेलले भने अध्यक्ष पदका लागि पहिलो पटक प्रतिस्पर्धा गर्नुभएको हो ।

१९ जनामध्ये उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई बाहेक सबै ओली समूहबाट निर्वाचित हुनुभएको छ ।

पाँच जना उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद पौडेल, रामबहादुर थापा बादल, गोकर्ण विष्ट र रघुजी पन्त विजयी हुनुभयो ।

महासचिवमा सुरेन्द्रप्रसाद पाण्डेलाई पराजित गर्दै शङ्कर पोखरेल निर्वाचित हुनुभएको छ । यसअघि पनि महासचिव रहेका पोखरेलले १ हजार २२८ मत र पाण्डेले ९९९ मत प्राप्त गर्नुभएको छ ।

तीन सदस्यीय उपमहासचिव पदमा लेखराज भट्ट, योगेश भट्टराई र रघुवीर महासेठ विजयी हुनुभएको छ ।

नौ सदस्य रहेको सचिव पदमा महेश बस्नेत, पद्माकुमारी अर्याल, शेरधन राई, यामलाल कँडेल, राजन भट्टराई, छविलाल विश्वकर्मा, खगराज अधिकारी, हिक्मत कार्की र भानुभक्त ढकाल विजयी हुनुभएको छ ।

एमाले महाधिवेशनमा २ हजार २ सय ६३ महाधिवेशन प्रतिनिधि रहेकामा ३६ जना प्रतिनिधिले भोट हालेनन् ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img