बुर्तिबाङ मंसिर २५ गते
२०७३ सालमा सवारी ज्यान तथा सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार रहेका निसीखोला गाउँपालिका ६ का गौ बहादुर बि.क. लाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले प्रकाउ गरी जिल्ला पठाएको छ ।

प्रहरी निरीक्षक तिलक मानन्धरको कमान्डमा विशेष सुचनाको आधारमा खटिएको टोलीले बि.क.लाई प्रकाउ गरेको हो । २०८१ साउन २३ गतेको जिल्ला अदालतको सवारी ज्यान तथा सरकारी छाप दस्तखत किर्ते मुदामा दुई बर्ष ६ महिना जेल र दुई हजार ५० रुपैयाँ जरिवाना तोकिएको थियो ।
अदालतको तोकेको आदेश बमोजिम उपस्थित नभएपछि प्रहरीले प्रकाउ गरेर फैसला कार्यान्यनका निम्ती जिल्ला कारागार बागलुङ चलान गरीएको प्रहरीले जनाएको छ ।










