मंसिर १७ गते
बागलुङको तमानखोला गाउँपालिकाले आर्थिक बर्ष २०८२÷०८३ को प्रथम चौमासिक सम्म भए गरेका कार्यक्रम, बजेट र लक्ष्य निर्धारणको सन्दर्भमा बुधबार समीक्षा गरेको छ ।

गाउँपालिका अध्यक्ष जोक लाल बुढाको अध्यक्षतामा आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारीको उपश्थितीमा विषयगत शाखाबाट प्रथम चौमासिक सम्म भएका योजना, सम्पादित कार्यक्रम, कार्यक्रमको सान्दर्भिकता र भावी लक्ष्य सहितको प्रतिवेदन प्रस्तुत गरिएको छ ।
पालिकाले प्रत्यक चौमासिक र वार्षिक रुपमा विषयगत शाखाबाट भइरहेका कार्यसम्पादन, समस्या, चुनौती सम्भावना र भावी लक्ष्यका विषयमा समीक्षा गर्दे अगाडि बढ्दै आइरहेको छ । गाउँपालिकाले दिने सेवा प्रवाह र पालिकाले लिएको लक्ष्यलाई सफल पार्न निती विधी र नागरीक मैत्री भएर सेवा प्रवाह गर्न गाउँपालिका अध्यक्ष जोकलाल बुढाले सुझाब दिनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमित परियार लगायत जनप्रतिनिधि, विषयगत शाखाका प्रमुख , कर्मचारी लगायतको सहभागिता रहेको थियो ।










