लायन्स निसीखोलाले दियो आगोलागी पिडितलाई राहात ।

कार्तिक २७ गते
निसीखोला गाउँपालिका ४ बडाचौरका आगोलागी पिडीत पुनिकला कुवँरको परिवारलाई लायन्स क्लब अफ निसीखोलाले बुधबार राहात सामाग्रि उपलब्ध गराएको छ ।

क्लबका अध्यक्ष अशोक कार्की सहित पदाधिकारीको उपश्थितीमा गत कार्तिक २४ गते साँझ खाना पकाउने क्रममा घरमा आगोलागी भई पूर्ण रुपमा जलेर नस्ट भएको अवस्थामा पिडित वनेको परिवारलाई क्लबले राहात उपलब्ध गराएको अध्यक्ष अशोक कार्कीले बताउनु भयो ।

यसबर्ष मात्रै स्थापना भएको क्बलले विभिन्न सामाजिक कार्य गर्दे आइरहेको छ । क्लबको तर्फदेखि खाध्यान्ह, लत्ता कपडा, भाँडाकुँडा सहित तिस हजार रुपैयाँ बराबरको सामाग्रि हस्तान्त्रण गरीएको जनाइएको छ ।

घर संगै लत्ता कपडा, भाँडा कुँडा, खाधान्ह सबै जलेर सकिएपछि पिडित बनेको पुनिकलाको परिवारले लायन्स क्लबले गरेको सहयोगबाट राहात महसुस गरेको छ । निसीखोला गाउँपालिका ४ का अध्यक्ष टिकानिधी पौडेल सहितको उपश्थितीमा राहात हस्तान्त्रण गरीएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img