शिशिर विश्वकर्मा
कार्तिक १७ गते बुर्तिबाङ
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बुर्तिबाङ शाखाले तमानखोला गाउँपालिका ३ मा रहेको तमान बाल गृहलाई स्टेशनरी सामग्री हस्तान्तरण गरेको छ ।
कम्पनीको आठौँ वार्षिकोत्सवको अवसरमा मंगलबार एक विशेष कार्यक्रमका बीच उक्त सामग्री हस्तान्तरण गरिएको हो ।
कम्पनीले सामाजिक दायित्व अन्र्तगत प्रत्यक बर्ष हरेक शाखामा सामाजिक कार्यक्रम गर्दे आएको छ । गतबर्ष समेत बुर्तिबाङ शाखाले सोही वाल गृहमा स्टेशनरी उपलब्ध गराएको थियो ।
यसबर्ष पनी अभिभावक विहिन बेसाहारा बालबालीकाको शिक्षा दिक्षाका निम्ती बाल गृहले थालेको अभियानमा हातेमालो गर्न स्टेशनरी उपलब्ध गराइएको संस्थाका प्रवन्धक छविलाल पाण्डेले बताउनु भयो ।
कपि, पेन, सिसाकलम लगाएतका सामाग्रि प्राप्त भएसंगै वालगृहमा अध्ययनरत विद्यार्थी खुसि भएका हुन । विभिन्न दाताको सहयोग र तमानखोला गाउँपालिकाको समोन्यमा वालगृह २०७९ सालदेखि सञ्चालनमा रहेको छ ।

बालगृहमा अध्ययनरत बालबालिकाको माध्यमिक तहसम्म शिक्षा, स्वास्थ्य, लालन पालन लगाएतका सम्पूर्ण जिम्मेवारी लिएर वालगृहले व्यवस्थापन गरिरहेको छ ।
मँगलबार आयोजीत कार्यक्रममा गाउँपालिकाका कार्यपालिका सदस्य मनकुमारी बुढाथोकी, वडा सदस्यहरू गोर्ख घर्ती, अनिस श्रीपाली, मनमाया रसाइली, धनगौज्योति माध्यमिक विद्यालय तमानका प्रधानाध्यापक तेजेन्द्र घर्ती, शिक्षक श्यामसुन्दर शाह, कम्पनीका एजेन्सी म्यानेजर अजय प्रटेल कम्पनीका बुर्तिबाङ शाखा प्रवन्धक छविलाल पाण्डे लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका अवसमा सिटिजन लाइफ इन्स्योरेन्सका शाखा प्रबन्धक छविलाल पाण्डेले कम्पनीले विगतका वर्षझैँ यस वर्ष पनि सामाजिक उत्तरदायित्व अन्तर्गत बालबालिकाको शैक्षिक सहयोगका रूपमा सामग्री वितरण गरेको जानकारी दिनुभयो । उहाँले कम्पनीले व्यवसायिक क्रियाकलापसँगै समाजप्रति दायित्व निर्वाह गर्न निरन्तर प्रयासरत रहेको बताउनुभयो ।
प्रबन्धक पाण्डेले भन्नुभयो , “सिटिजन लाइफले केवल बीमा सेवा मात्रै होइन, समुदायको हितका लागि पनि विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ । बालबालिकाको उज्ज्वल भविष्यका लागि यस किसिमको सहयोग निरन्तर गरिनेछ ।”
त्यस्तै उहाँले कम्पनीको तर्फबाट मात्र नभई विभिन्न क्लब, संघ–संस्थासँग सहकार्य गर्दै पनि यस्ता सामाजिक कार्यहरूलाई विस्तार गरिने बताउनुभयो ।
स्थानीय प्रतिनिधिहरूले सिटिजन लाइफ इन्स्योरेन्सको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता सराहना गर्दै यस प्रकारको सहयोगले बालबालिकाको शैक्षिक विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे ।










