रोटरी क्लबको आयोजनामा बुर्तिबाङमा सोमबार देखि निःशुल्क महिला स्वास्थ्य शिविर हुने भएको छ ।
कार्तिक १० देखि १३ गतेसम्म सञ्चालन हुने शिविरमा महिला स्वास्थ्य सम्बन्धी समस्या पाठेघर खसेको, पाठेघरको मुखको समस्या तथा स्तन सम्बन्धी समस्या भएका विरामीको चेकजाँच तथा उपचार हुने रोटरी क्लब बुर्तिबाङका अध्यक्ष घनस्याम शर्माले बताउनु भयो । शिविरका निम्ती आवस्यक विशेषज्ञ डाक्टर सहितको टोली बुर्तिबाङ आइपुगेको उहाँले बताउनु भयो ।

बुर्तिबाङ अस्पत्तालमा हुने शिविरलाई सफल पार्नका निम्ती रोटरी क्लब अफ फिस्टल पोखरा, रोटरी क्लब अफ क्यावेल रिभर क्यानडा, पेटर ब्राउज्ट क्यानडाको आयोजना, पोखरा ओम हस्पिटलको प्राविधिक सहयोग तथा रोटरी क्लक अफ बुर्तिबाङ, ढोरपाटन नगरपालिकाको स्थानीय समोन्यमा शिविर सम्पन्न हुन लागेको आयोजकले जनाएको हो ।
शिविरमा उपचार पश्चात थप उपचार आवस्यक पर्ने विरामीको निम्ती निःशुल्क उपचारका निम्ती पोखरा सम्म आवत जावतमा कुरुवा सहितको खान वस्न र यातायातको व्यवस्था गरीएको जनाइएको हो ।










