ढोरपाटन कार्तिक ८ गते
राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङले वडा तहमा अधिवेशन मार्फत नयाँ नेतृत्व चयनमा अगाडि बढेको छ । हालसम्म १५ वडामा समिति गठन गरेको पार्टीले ३५ वडामा चाँडै नेतृत्व चयन गर्ने गरी अगाडि बढिएको जिल्ला उप सभापति ढालेन्द्र माझीले बताउनु भयो ।

बुर्तिबाङमा आयोजित वडा नम्बर १ को प्रथम अधिवेशनबाट धुर्व छन्त्याल वडा सभापति रहेको ८ सदस्य समितिको गठन गरिएको हो । समितिको उपसभापति लोकमाया घर्ती, सचिव सरोज वि.सी., सदस्यहरूमा नरिश्वर कँडेल, जित बहादुर खत्री, हर्क बहादुर कुवँर, अर्जुन कुवँर र हेपिन्द्र घर्ती चयन हुनुभएको छ ।
सहमति मार्फत नेतृत्व चयन गरीएको राष्ट्रिय स्वतन्त्र पार्टी क्षेत्र नम्बर २ का सभापति दिपक कुमार घर्तीले बताउनु भयो । लोकमाया घर्तीको सभापतीत्व मा भएको खुल्ला सत्रको कार्यक्रममा प्रमुख वक्ताको रुपमा रहेका जिल्ला उपसभापति ढालेन्द्र माझीले बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी फरक विचार र जनताको आशा र भरोसाको पार्टी भएको बताउँदै देशको बागडोर अब रास्वापा ले मात्रै सम्हाल्न सक्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै माझीले देशमा धेरै दल भएपनि जनताको समस्या, आवश्यकता र देशको विकासमा कसैले चासो नदिई भ्रष्टाचारमा लुप्त भएको बताउँदै रास्वपा फरक भिजन र कार्यशैलीका साथ होमिएको बताउँदै पार्टीलाई थप उचाइमा पुर्याउन सकारात्मक चिन्तन र विचार र सहि सिद्धान्त मार्फत अगाडि बढ्न नेता कार्यकर्तालाई आव्हान गर्नुभयो । आयोजित कार्यक्रममा ढोरपाटन १ का मन बहादुर श्रीपाली सहित बडिगाड गाउँपालिका ५ बाट ८ जना गरी ९ जना विभिन्न पार्टी परित्याग गर्दे रास्वपा प्रवेश गरेका हुन ।
कार्यक्रममा पार्टीका क्षेत्रीय सभापति दीपक कुमार घर्ती, रास्पा कृयाशिल सदस्य निरन चन्द ठकुरी, अतिथिको रुपमा नेकपा एमालेका गुञ्ज बहादुर भण्डारी, नेकपाको तर्फदेखि हरि बहादुर कुवँर, स्वतन्त्र नागरिक नर बहादुर क्षेत्री (राजु) नर बहादुर गुरुङ, दल बहादुर भण्डारी लगायत पार्टीका नेताहरूको मन्तव्य रहेको थियो ।
वक्ताहरूले रास्वापा लाई जनताको मन जित्ने र देशको बागडोर सम्हाल्ने पार्टीको रुपमा स्थापित गरेर अगाडि बढाउन सुझाव सहित शुभकामना व्यक्त गरेका हुन ।
कार्यक्रम तिला खत्रीको स्वागत जिल्ला सचिव बविन खत्रीको सञ्चालनमा सम्पन्न भएको हो ।










