बुर्तिबाङ असोज ३१
ढोरपाटन नगरपालिका २ सलामकोटका चुडामणी कँडेलको फार्ममा पालिएका १५० कालीज चितुवाले आक्रमण गरी नस्ट गरेको छ ।
व्यवसायीक रुपमा पालिएको कालिज फार्म भित्र चितुवा पसेसंगै गयराती १५० कालीज मारेर नस्ट गर्नुका साथै कम्तीमा ६० कालीज घाइते बनाएको संचालक कँडेलले बताउनु भयो ।
विगत ७ बर्षदेखि सानो स्वर्ग नामक फार्म स्थापना गरी कालीज पालन व्यवसाय गर्दे आउनु भएका कँडेलको दुई सय १० बढि कालिज क्षती हुँदा ३ लाख बढि आर्थिक क्षेती गुमाउनु परेको चुडामणी कँडेलले बताउनु भयो ।

कालीजको आक्रमण पछि फार्म भित्रै रहेको चितुवालाई धपाउने क्रममा घाइते भएको चितुवाको समेत मृत्यु भएको छ । इलाका वन कार्यालय बुर्तिबाङ, इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट पुगेको प्रहरी टोलीले आवस्यक मुचुल्का र अनुसन्धान पछि मृतक चितुवा र कालिजको डिस्पोजल गरिएको छ ।