विवाइसी बागलुङ द्धारा सञ्चालित दिगो विकास पर्यटन परियोजना द्धारा बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिका अन्र्तगत १६ वटै वडामा विभिन्न कार्यक्रम अगाडी बढाइएको छ ।
परियोजनाले आइतबार ढोरपाटन र निसीखोला अन्र्तगत विभिन्न ९ वटा होम स्टेका निम्ती आवस्यक विभिन्न दुई लाख पचास हजार बराबर प्रति होम स्टे सामाग्रि हस्तान्त्रण गरीएको छ ।

विगतमा ९ वटा होम स्टेलाई हस्तान्ण गरिएकोमा यस पटक ९ वटा सहित १८ होम स्टेका निम्ती सामाग्रि उपलब्ध गराइएको हो । हस्तान्त्रण कार्यक्रम ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले सुभारम्भ गर्नुभएको थियो ।

संस्थाको तर्फदेखि व्यवस्थित होम स्टेका लागी आवस्यक वेड सेट, किचनमा आवस्यक भाँडा, ग्याँस सेट, वेडका लागी आवस्यक कपडा , कुर्चि, टेवल लगाएतका महत्वपूर्ण सामाग्रि हस्तान्त्रण गरीएको परियोजनाका कार्यक्रम अधिकृत उत्तम अर्यालले बताउनु भयो । ढोरपाटन नगरपालिका अन्र्तगत पाखाथरमा रहेका ३ वटा, निसीखोला ५ निशेलढोरमा १ वटा र निसीखोला ५ निसीमा ५ वटा गरी ९ वटा होम स्टेलाई सामाग्रि उपलब्ध गराइएको हो ।
आफुहरुले एक महिने होमस्टे व्यवस्थापन तालिम लिएपछि होम स्टे सञ्चालन गर्न थालेको र यस्तो सहयोगले आफूहरुलाई स्वदेशमा उद्यम र व्यवसायी बन्न महत्वपूर्ण सहयोग पुगेको निसीखोला ५ निशेलढोरका सुमन घर्ति मगरको भनाई छ । विदेश जाने तयारीमा थियँ परियाृेजनाले दिएको तालिमले यहिँ केही गर्नुपर्छ भन्ने उत्प्रेरणा प्राप्त भएपछि आफुपनी होम स्टे तर्फ आर्कर्षित भएर होम स्टे दर्ता गरेर सञ्चालनमा अगाडी बढेको बताउनु भयो ।
सुमन जस्तै ढोरपाटन नगरपालिका पाखाथरका उषा होमस्टेका सञ्चालक दिपक भण्डारीले समेत पोखरामा तालिम लिएर आफनै गाउँमा केही गर्नुपर्छ भन्ने मान्यता सहित होम स्टे दर्ता गरेर गत जेठ महिनादेखि सञ्चालन गर्दे आएको बताउनु भयो । ढोरपाटन र यस क्षेत्रमा होम स्टेको धेरै सम्भावना छ यसलाई सहि सधुपयोग गर्ने गरी आफुले पोखरामा तालिम लिएर अगाडी बढेको बताउनु भयो ।