बुर्तिबाङमा आयोजीत कोजाग्रत मेलाको सांसद जीत शेरचन द्धारा उद्धघाटन ।

बुर्तिबाङ राईजिङ यूवा क्लब द्धारा आयोजीत कोजाग्रत पूर्णिमा मेला तथा पालिका कपको आज चौठो दिन पनी विविध कार्यक्रम सहित उद्धघाटन सत्रको कार्यक्रम भएको छ ।
गत असोज २१ गतेदेखि सुरु भएको ३५ बर्ष माथीको भेट्रान्स भलिवल प्रतियोगिता अन्र्तगत ढोरपाटन नगरपालिका ६ र गल्कोट नगरपालिका ७ फाइनलमा प्रवेश गरेका छन ।
त्यस्तै वडा स्तरीय पूरुष भलिवल प्रतियोगिता शुत्रबार देखि सुरु भएको छ । प्रतियोगितामा १२ समुहको सहभागिता रहेको हो ।
आज आयोजीत कार्यक्रम क्लब अध्यक्ष सुरज विश्वकर्माको अध्यक्षता गण्डकी प्रदेश सभा सदस्य जीत बहादुर शेरचनको प्रमुख आतिथ्यता, गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवी, ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत, निसीखोला गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्ति, वडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा , तमानखोला गाउँपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्याल लगाएतको विशिष्ठ आतिथ्यतामा उद्धघाटन सत्रको कार्यक्रम भएको हो ।
क्लब द्धारा आयोजीत विविध खेलकुद एव्म सांस्कृर्तिक कार्यक्रम जारी रहेका छन ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img