भोलिदेखि कोजाग्रत पूर्णिमा मेला बुर्तिबाङमा सुरु हुँदै ।

असोज २० गते बुर्तिबाङ

कोजाग्रत पूर्णिमा तथा क्लबको २३ औँ बार्षिकोत्सव एव्म पालिका कपका अवसरमा बुर्तिबाङ राइजिङ यूवा क्लब द्धारा आयोजित विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम भोली देखि सुरु हुने भएको छ ।

असोज २७ गतेसम्म हुने खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आवस्यक तयारी पुरा भइसकेको आयोजकले जनाएको छ । हालसम्म पुरुष भलिवल प्रतियोगिता तर्फ १२ समुहको नाम दर्ता भइसकेको र थपिने क्रम जारी रहेको जनाइएको छ । त्यस्तै भेट्रान्स भलिवल प्रतियोगिता तर्फ १६ समुहको नाम दर्ता भएको हो ।

भोलिदेखि भेट्रान्स प्रतियोगिता सुरु गरिने क्लब अध्यक्ष सुरज विश्वकर्माले बताउनु भयो । क्लबले दुई लाख दश हजार १ सय ११ रुपैयाँ प्रथम पुरस्कार , १ लाख ५१ हजार १ सय ११ रुपैँया दिर्तिय पुरस्कार राशीको वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता, वडा स्तरीय महिला भलिवल, खुल्ला सामुहिक नृत्य, खुल्ला एकल नृत्य, पुरुष महिला रस्साकस्सी, पुरुष महिला छेलो, ३५ बर्ष माथिको भेट्रान्स भलिबल प्रतियोगिता आयोजना गरेको हो ।

पश्चिम बागलुङकै ठुलो र ऐतिहासिक मेलाका रुपमा हेरिँदै आएको कोजाग्रत पूर्णिमा मेलालाई ढोरपाटन नगरपालिकाले मेयर कपको रुपमा १० लाख रुपैयाँ सहयोग गरेको पाइएको छ । भोली सम्म सबै खेलकुदका कार्यक्रमको टाइसेट गरेर कार्यक्रम अगाडि बढाइने आयोजकले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img